लोक गायिका माया गुरुङ सम्मानित


प्रकाशित मिति :2017-02-05 12:28:50

महिला खबर

बेलिना थापा । लोकभाका संरक्षणमा योगदान गरेको भन्दै लोक गायिका माया गुरुङलाई सम्मान गरिएको छ । सदरमुकाम बेसीशहरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको दोस्रो स्थापना दिवस एवं अन्तरंग साप्ताहिकको ४२ औँ मासिक रचना वाचन कार्यक्रमको अवसरमा गायिका गुरुङलाई सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष एवं अन्तरंग साप्ताहिकका सम्पादक नवराज पहाडी, बेसिशहर नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज लम्साल, ठाडोभाका शिरोमणि भेंडीखर्के साईला (दीर्घराज अधिकारी) लगायतले दोसल्ला ओढाउनुका साथै सम्मान पत्रले माया गुरुङलाई सम्मान गर्नुभएको थियो ।

बेसीसहर नगरपालिका नाल्मा गाउँकी ५६ वर्षीय गुरुङले कार्यक्रममा ‘गाउँसहरमा लमजुङ दरबार’ बोलको गीत गाउनुभएको थियो । ०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीतले उहाँ प्रथम हुनुभएको थियो । कार्यक्रममा गायिका गुरुङ सहित भेडीखर्के साइलाले ठाडोभाका प्रस्तुत गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: