विद्यालयका विवाद समाधान गर्न महिला नेतृत्व


प्रकाशित मिति :2017-02-05 13:23:27

यमुना खनाल

व्यवस्थापन समिति गठन पछि समितिका पदाधिकारीका साथमा महिला ।

सिरहा । जिल्लाका केहि विद्यायलमा महिलाले नेतृत्व लिएपछि वर्षौदेखिका विवाद समाधान भएका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, जिल्लास्थित ईटर्वा गाविसको श्रीराम प्रावि । महिलाले नेतृत्व लिएपछि वर्षौदेखि विवादित शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति निर्विरोध सञ्चालनमा आएको छ ।

नव गठित शिक्षक अभिभावक संघको अध्यक्षमा पुष्पा चौधरी र सदस्यमा सावित्रा चौधरी चयन भएका छन् । यसैगरि विद्यालय व्यवस्थापन समितिको सदस्यमा कैलीदेवी पासवान र सीतादेवी पासवान सहित पाँच महिला चयन गरिएको छ । महिला आएपछि विद्यालयका काम कारबाही चुस्त भएका छन् ।

प्रधानअध्यापक, शिक्षक तथा समुदायबीच नेतृत्व विवादले श्रीराम प्राविको शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति वर्षौदेखि नेतृत्व विहिन अवस्थामा थियो । नेतृत्व नहुँदा विद्यालयका विभिन्न कार्यक्रम तथा सञ्चालनमा विभिन्न समस्या भइरहेको थियो ।

विद्यालय व्यवस्थापन समिति छनौट कार्यक्रममा सहभागी महिलाहरु ।

विद्यालय व्यवस्थापन समिति गठनमा विवाद अत्य गर्ने उपायको रुपमा महिलाको नेतृत्व र सहभागितालाई पुरुषले नै महत्व दिएका थिए । स्थानीय गुरुदेव चौधरीको सुझाव अनुसार महिलाको नेतृत्व र सहभागिता बढाएपछि जिल्लामै ऐतिहासिक रुपमा सर्वसहमतिले विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो ।

श्रीराम प्रावि मात्र होईन सिरहाका अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति, समुदाय र प्रधान अध्यापक बीच विवाद मुख्य समस्याको रुपमा रहेको छ । नेतृत्वको तानातान , विवाद र विद्यालयमा गरिने राजदनीतिले जिल्लाका आधा भन्दा बढी विद्यालयहरु छ, सातवर्षदेखि व्यवस्थापन विहिन भएर चलेका छन् ।

श्रीराम प्राविमा भएको काम जिल्लामै उदारणीय भएको भन्दै विवाद भएका सबै ठाँउमा यसरी नै महिलालाई नेतृत्वमा ल्याउनु पर्ने जिल्ला शिक्षा कार्यालय सिरहाका प्रतिनिधी रामबाबु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलाको सहभागिता बढेपछि शान्तिपूर्ण र विवाद रहित, सर्वसहमतिले विद्यालय व्यवस्थापन समिति गठन भएका छन्, यसले विद्यालय शान्ति क्षेत्र भन्ने कुरा सार्थक बनेको छ ।’

विवाद रहित विद्यालय व्यवस्थापन समिति गठन भएपछि त्यहाँका समुदाय समेत विद्यालयको शैक्षिक वातावरणमा सुधार आउने भन्दै खुशी भएका छन् । यस्तो वातावरण सृजना गर्न र महिलालाई नेतृत्वमा पुर्याउन स्थानीय पुरुष नै उत्साहित देखिन्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: