ट्यूमरले पो पेट दुख्या’रैछ


प्रकाशित मिति :2017-02-05 15:27:48

सर्मिला बुढाथोकी

अब छैन ट्यूमर : ट्युमर निकालेपछि मिश्री तामाङ

दोलखा । जिल्लास्थित बाबरेकी मिश्री तमाङलाई पेट दुख्ने समस्या गत भदौदेखि नै थियो । दुखाई बढ्दै गएपनि उनले उपचारका लागि अस्पताल जान खासै मन गरिनन् । सहनसक्दो दुखाईलाई सामान्य मान्दै मिश्रीले गाँउमै झारफुक र जडिबुटीको औषधि उपचार गरि १५, २० हजार रुपैयाँ सिध्याईन् ।

पेट दुख्दा मिश्री कहिले जुकाको औषधि पनि खान्थिन् । तर, एकदिन सहनै नसक्ने गरी पेट दुख्न थालेपछि उनी सदरमुकामस्थित चरिकोट अस्पताल पुगिन् । त्यहाँ डाक्टरले पेटमा मासु पलाएको छ, तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेपछि बल्ल उनले आफुलाई ठुलै समस्या भएको रहेछ भन्ने पत्तो पाइन् ।

‘उपचार गरेर फर्किहाल्छु भनेर आएँ, तर जाँच गर्दा त ठूलो मासुको डल्लो छ पो भने,’ मिश्री भन्छिन्, ‘गाँउमा झारफुकमात्र गरेर बस्न नहुने रहेछ, उपचारमा ढिला हुँदा झण्डै मरिनँ ।’

चरिकोट अस्पतालमा मिश्रीको पाठेघरबाट डाक्टरले ५ किलोको ट्यूमर निकाले । पेटबाट मासुको डल्लो निकालेपछि पहिलेभन्दा स्वस्थ र फूर्तिलो भएको उनको अनुभव छ । ‘शुरुमा पेट दुख्दा चिसो लागेको, सुल गानो भएको भनेर बसियो, रोगलाई वेवास्ता गर्नु नहुने रहेछ,’ मिश्री भन्छिन् ।

बाबरे दोलखाको दुर्गम गाँउमा पर्छ । उमेरले ५० पुगेकी मिश्री आर्थिक समस्याका कारण समयमै उपचार गर्न नपाएको बताउँछिन् । डाक्टरहरुका अनुसार उपचारपछि उनको स्वास्थ्य राम्रो भएको छ ।

उनको उपचारमा संलग्न प्रस्तावित चरिकोट अस्पतालका डाक्टर मीना मर्हजनका अनुसार पेट धेरै दुखेको र ठूलो भएकोले ट्यूमरको आशंकामा परिक्षण गर्दा पाठेघरमा ट्युमर रहेको पत्ता लागेको थियो ।

बिरामी आएकै दिन अप्रेशन गरिएकोले थप समस्या नभएको उल्लेख गर्दै डाक्टर मर्हजन अप्रेसनमा केहि घण्टामात्र ढिला भएको भए ज्याननै जोखिममा पर्ने सम्भावना रहेको बताउँछिन् । भन्छिन्, ‘टयुमर कुहिसकेको अवस्थाको भएकोले अप्रेशन निक्कै जोखिमपूर्ण थियो ।’ उनका अनुसार अहिले मिश्रीको ट्युमर वायोप्सी परिक्षणको लागि पठाईएको छ ।

अस्पतालमा आउने अधिकांश बिरामी आर्थिक समस्या, समयको अभाव आदि कारणले रोगले धेरै च्यापेपछि मात्र आउने गरेको डाक्टर महर्जनको भनाई छ । ‘अस्पतालले सबैखाले उपचार निःशुल्क दिएकोले अहिले पुराना रोग भएका र खासगरि ग्रामीण भेगका बिरामीलाई निकै सहुलियत पुगेको छ,’ उनी भन्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: