पोषण भत्ता पाउन जन्मदर्ता


प्रकाशित मिति :2017-02-05 16:28:49

शिवराज खत्री


अछाम । पिठ्यूमा छोरा र काखे छोरीलाई छातीमा बोकेर गाविस कार्यालय पुगेकी ढकारीकी खिमादेवी देवकोटाले ती दुवैको जन्मदर्ता गरिन् । पोषण भत्ता पाउने भनेको थाहा पाएपछि दुवै सन्तान लिएर जन्म दर्ता गर्न आएको उनको भनाई छ ।

छोरा तीन वर्षको हुँदासम्म पनि जन्म दर्ता नगरेकी सोही गाउँकी महिसरा देवकोटा पनि छोराका साथ कार्यालयमा भेटिइन् । ‘पोषण भत्ता पाउने भनेपछि छोराको जन्म दर्ता गर्न आएको,’ उनी भन्छिन् ।

खिमादेवी र महिसरा मात्र होइन, अछामका गाविस कार्यालयहरुमा जन्मदर्ता गराउनेहरुको बाक्लो भीड नै देखिन्छ । गैरदलितका पनि पाँचवर्ष मुनिका दुई बालबालिकाले बाल संरक्षण अनुदान बापत मासिक चार सय रुपैयाँ पोषण भत्ता पाउने भएपछि जन्मदर्ता गराउने बाबुआमाको संख्या यसरी बढेको हो ।

गाविस कार्यालयका अनुसार मानव विकास सुचकांकमा सबैभन्दा पछाडि परेको अछाम लगायत अन्य तीन जिल्लाका बालबालिकाले चालु आर्थिक वर्षको माघ महिनादेखि बाल संरक्षण अनुदान अन्र्तगत मासिक रुपमा बाल पोषण भत्ता पाउने छन् ।

गाविस कार्यालयले माघ मसान्त भित्र जन्मदर्ता गर्न सूचना जारी गरेकोले आमाहरु गाउँ गाउँबाट बालबालिका लिएर गाविस कार्यालयमा धाइरहेका देखिन्छन् । ‘अहिले दिनमा १०० देखि १५० सम्मको जन्म दर्ता हुन थालेको छ,’ ढकारी गाविसका सामाजिक परिचालक हर्क बुढा भन्छन्, ‘धेरै भीडले आजभोली गाविसमा जन्मदर्ता गराउने बाहेक अरु कुनै काम हुँदैन ।’

बिनायक गाविसका सचिव यमलाल देवकोटाले गैरदलितका बालबालिकाले पनि पोषण भत्ता पाउने खबरका कारण पछिल्लो एक हप्ताको अवधिमा मात्र करिब सात सय बालबालिकाको जन्म दर्ता गरिसकिएको जानकारी दिए । उनका अनुसार यसअघि प्रायः दलितका बालबालिकाले मात्र जन्म दर्ता गराउने गरेका थिए ।

आर्थिक वर्ष ०७३/ ०७४ को बजेट वक्तव्यमा सबै क्षेत्रका विपन्न परिवारका दुई बालबालिकाले क्रमशः बाल संरक्षण अनुदान प्राप्त गर्दै जाने उल्लेख भए बमोजिम अनुदान दिन लागिएको स्थानीय विकास अधिकारी तोयानारायण सुवेदी बताउँछन् । बाल पोषण भत्ता पाउन जन्मेदेखि पाँच वर्षको उमेर हद निर्धारण गरिएको छ । यसका साथै मन्त्रालयले बाबु वा आमा मध्ये कुनै एक सरकारी सेवा तथा औपचारिक संगठन, सेवामा लागेका र बाबु वा आमाले कुुनै व्यवसाय दर्ता गरी बसेको भए त्यस्ता बालबालिकालाई पनि बाल पोषण भत्ता नदिने स्पस्ट पारेको छ ।

पहिलो पटकलाई पोषण भत्ता पाउन योग्य बालबालिकाको माघ मसान्त सम्म दरखास्त संकलन गरी संख्यात्मक विवरण विभागमा पठाउन र सोही आधारमा बजेटको अख्तियारी माग गर्नुपर्ने उल्लेख गरिएको छ । अछाम लगायत बझाङ र रौतहटका सबै बालबालिकाले पोषण भत्ता पाउनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: