अस्पतालबाट चोरिएको शिशु फेलापर्‍यो


प्रकाशित मिति :2017-02-06 10:50:38

कविता खड्का


वीरगंज । वीरगंजको नारायणी उप–क्षेत्रीय अस्पतालबाट शुक्रबार दिउँसो चोरी भएको शिशुु पर्साको बेलवाबाट प्रहरीले फेला परेको छ । प्रहरी उपरीक्षक गोविन्द शाह नेतृत्वको टोलीले शिशुको उद्धार गरी नारायणी उप–क्षेत्रीय अस्पतालमा राखिएको छ । बच्चालाई पर्सा सिक्टाकी लालसादेवी साहले चोरी गरी गाविस बेलवा ९ स्थित बुवा विन्देश्वर साहकानुको घरमा लुकाइराखेको अवस्थामा उद्धार गरिएको पर्साका प्रहरी उपरिक्षक साहले बताए ।

वीरगंज उपमहानगरपालिका छपकैयाका मुकेश पासवान र आशा देवी पासवानको नवजात शिशु २१ माघ दिउसो २ बजे प्रसूति गृहबाट चोरी भएको थियो । उद्धार गरिएका नवजात शिशु सकुसल छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा लालसा देवीको विवाह भएको ५ वर्ष भएपनि हालसम्म कुनैपनि बच्चा नभएकाले एक महिना देखि नारायणी अस्पतालमा मौका हेरिरहेको प्रहरी उपरिक्षक साहले बताए ।

बिहान १०ः४८ बजे शिशुलाई जन्म दिएपछि आशालाई २ बजे अस्पतालको वेडमा सारिएको थियो । रक्तस्राव हुन थालेपछि उपचार गराउन प्रसूति वार्डमा लगेको केही बेरमै अस्पतालको अर्को वेडमा रहेकी अपरिचित महिलाले शिशुलाई खेलाउदै बाहिर लगेकी थिइन ।

ती महिलाले पैसा दिएर दुध र बिस्कुट किनेर ल्याइदिन पठाएको सुत्केरी आशाकी भाइबुहारी खुश्वु पासवानले बताईन् । उनले भनिन् ‘किनेर ल्याउँदा बच्चा कतैपनि फेला परेन ।’ पछि उनैले लगेको थाहा भएपछि अस्पताल प्रशासनको लापरवाही भएको भन्दै परिवारजनले शुक्रबार दिनभर अस्पताल अगाडी प्रदर्शन गरेका थिए । शुक्रबार दिउसो प्रहरी र आफन्तजनसँंगको कुराकानीमा अवरुद्ध बाटो खोलाईएको थियो ।

शनिबार खोजीका लागि प्रहरी, अस्पताल प्रशासन र आफन्तजनसँग प्रहरीले तीन दिन मागेको थियो । एक दिन नवित्दै प्रहरीले बच्चालाई फेला पार्न सफल भएकोमा धेरै खुशी लागेको बुवा मुकेश पासवानले खुशी हुदैँ प्रतिक्रिया दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: