भेटेको बाह्र लाख फिर्ता गर्ने छात्रा सम्मानित


प्रकाशित मिति :2017-02-06 11:01:28

लिलाराज भट्टराइ


सुनसरी । जिल्लामा दुई छात्रा ज्योति राई र सुनिता राईको चर्चा चुलिएको छ । चर्चा हुनुपर्ने कारण पनि छ । उनीहरु दुवैले आफुले भेटेको १२ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेका थिए ।

उनीहरुको इमान्दारिताको कदर गर्दै योनान साहित्यिक अभियान नेपालले गत शुक्रबार धरानको महेन्द्र क्याम्पसमा एक कार्यक्रम गरि दुवैलाई सम्मान गरेको छ । सो कार्यक्रममा प्रा.डा.नोबेलकिशोर राई, प्रा.डा. टङ्कप्रसाद न्यौपाने र अभियानका अध्यक्ष सीताराम सूचारुले संयुक्त रुपमा उनीहरुलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो ।

सो अवसरमा प्रा.डा. न्यौपानेले राई बहिनीहरु समाजमा आर्दश र उदाहरणीय बनेको बताउनुभयो । यसैगरि, प्रा.डा. नोवेल किशोर राईले समाज जतिसुकै भ्रष्ट र विकृत बन्दै गएपनि इमान्दार व्यक्तिहरुको पनि कमि नरहेको बताउनुभयो ।

१६ वैशाख ०७३ मा धरानको विश्वकर्मा मन्दिर नजिक भएको एक दुर्घटनामा ओमबहादुर गेलालको साथबाट झरेको १२ लाख रुपैयाँ ती दुवै छात्राले भेट्टाएका थिए । रकम भेटेपछि उनीहरुले गेलालका आफन्तलाई सम्र्पक गरी फिर्ता गरेका थिए ।

ज्योति महेन्द्र क्याम्पस धरानमा विए प्रथम वर्षमा अध्ययरत हुनुहुन्छ भने सुनिता उर्लाबारी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययरत हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: