विद्यालयमा प्याडको व्यवस्था हुनुपर्छ


प्रकाशित मिति :2017-02-06 11:50:48

महिला खबर


बैतडी । महिनावारी भएका बेलामा धेरै छात्रा विद्यायलय नआउँदा महिनामा पाँच दिन पढाइ छुट्ने भएकाले विद्यालयमा प्याडको व्यवस्था हुनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले वताउनुभएको छ ।

सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले महिनावारी भएकै कारण पढाइवाट बन्चित हुन नदिनका लागि विद्यालयले सुपथ मुल्यमा विद्यालयमा प्याड तथा सफा कपडाको व्यवस्था गर्नुपर्ने वताउनुभयो ।

यस काममा आफूले पनि सहयोग गर्ने वचन उहाँले दिनुभयो । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीका अध्यक्ष इन्द्रशरा खड्काले जिल्लामा रहेका विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हुँदा बिद्यालय नआउने, विद्यालय मै महिनावारी भएमा बिदा मागेर घर जाँदा पढाई छुटिरहेकाले विद्यालयलाई छात्रामैत्री विद्यालय बनाउन सहयोग गर्न सवैलाई अनुरोध गर्नुभयो ।

‘विद्यालयले महिनावारी हुँदा लगाउने सुपथ मुल्यमा प्याड, सफा कपडाको व्यवस्था गरेमा महिनावारी भएको समयमा छात्राको पढाई छुट्दैन थियो’ अध्यक्ष खड्काले भन्नुभयो ।

सञ्जालले जिल्लामा महिनावारी भएको बेला कसरी सरसफाइ गर्ने, के के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे ग्रामिणस्तरमा रहेका महिलालाई सचेत गराउने गरेको अध्यक्ष खड्काले वताउनुभयो ।

उक्त कार्यक्रममा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाका तथा राजनैतिक दलका प्रतिनिधिले आफ्नो तर्फबाट सञ्जाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वस्थ रहने हाम्रो चाहना, सुरक्षित महिनावारी हाम्रो अधिकार, सुरक्षित महिनावारीका लागि हाम्रो राष्ट्रिय साझा अभियान भन्ने नाराका साथ नेपालका बैतडी, कैलाली, गुल्मी र दाङमा सञ्जाल क्रियाशिल छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: