सुत्केरीलाई घरमै उपचारको सुविधा


प्रकाशित मिति :2017-02-06 12:54:25

शिवराज खत्री

बयलपाटा अस्पतालमा गर्भ परीक्षण गर्न आएका महिला ।

अछाम । आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याई शिशु मृत्युदर शुन्यमा पुर्‍याउने भन्दै जिल्लास्थित बयलपाटा अस्पतालले घरमै पुगेर उपचार सेवा सुरु गरेको छ । अस्पतालका अनुसार यो सेवाले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढाउन पनि सहयोग गर्नेछ ।

अस्पतालले सामुदायिक स्वास्थ्य सेवा मार्फत घरमै पुगेर सामुहिक गर्भस्याहार, सामुहिक बाल स्याहार, दिर्घरोगी घरभेट कार्यक्रम, निरन्तर अनुगमन प्रणाली, गर्भवती र सुत्केरीलाई घरभेट कार्यक्रम तथा सरकारबाट संचालित स्वास्थ्य संस्थालाई सौर्य उर्जा वितरण लगायतका कार्यक्रम गरिरहेको सामुदायिक स्वास्थ्य कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले जानकारी दिनुभयो ।

कार्यक्रम अन्र्तगत जोखिममा रहेका गर्भवती पत्ता लगाई अस्पतालमा सुत्केरी गराउने र एक वर्षभन्दा मुनिका शिशुलाई लाग्न सक्ने रोग र मृत्यु हुने कारणको पहिचान गरि स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको छ ।

शिशु मृत्युदर घटाउनका लागि निरन्तर अनुगमनको प्रणाली समेत अपनाईएको र सामुदायिक स्वास्थ्य कार्यकर्ताले प्रत्येक ३ महिनामा समुदायमा रहेका गर्भवती पत्ता लगाई स्वास्थ्य संस्थामा पठाउने गरेको उपनिर्देशक कुँवरले बताउनुभयो । यसैगरि, २ वर्ष मुनिका शिशु बिरामी भएमा उपचारका लागि घरका सदस्यलाई जानकारी गराउने र स्वास्थ्य संस्था वा अस्पताल लैजान प्रेरित गर्ने काम समेत भईरहेको छ ।

यस्तै, दिर्घरोगीले अस्पतालपछि पनि घरमै सेवा पाउन् भन्ने उद्देश्यले उनीहरुलाई घरभेट कार्यक्रम पनि संचालन गर्दै आएको छ भने गर्भवती र सुत्केरी आमाहरुलाई घरभेट गरी आवश्यक परामर्श, गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पठाउनुका साथै जटिलता भएमा अस्पतालसम्म पुर्याउने काम पनि भइरहेको छ ।

कार्यक्रमले स्वास्थ्य संस्थाहरुलाई सौर्य उर्जा वितरण गरी बर्थिङ सेन्टरको क्षमता बढाउन समेत सहयोग गर्नुका साथै सरकारको भौतिक पूर्वाधार तथा जनशक्तिलाई प्रयोग गरेर पनि सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । सो सामुदायिक कार्यक्रमलाई मोबाईल पद्धतिबाट पनि सञ्चालनमा ल्याइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: