पढाई नहुँदा काम गर्न जानेनौं


प्रकाशित मिति :2017-02-06 16:20:52

यमुना खनाल

विद्युत प्राधिकरणको कुन फाँटमा जाने अन्योल भएपछि सोध्दै

सिरहा। श्रीमान् र घरका पढेका छोराहरु वैदेशिक रोजगारीमा गएपछि सामाजिक काम मात्र होइन बैंकिङ कारोबार, विद्युत, टेलिफोनको शुल्क तथा जग्गा जमिन किनबेच लगायतका आर्थिक कारोबार समेत घरका आमा अथवा बुहारीको काँधमा आएको छ । तर, पढाई लेखाई नहुँदा उनीहरुलाई कागजी काम गर्न असहज भइरहेको देखिन्छ ।

जस्तो कि, सिरहाको नहरा रिगौलकी मदिना खातुन विद्युत महशुल तिर्न विद्युत प्राधिकरण वितरण केन्द्र लहानमा भेटिईन् । आफुले विद्युतको महशुल अघिल्लो महिनामा नै तिरीसके पनि कार्डमा नचेढेको भन्दै कहाँ गएर सोध्ने भन्दै उनी यताउति गरिरहेकी थिइन् ।

‘आफुले पढेको छैन, फाँटमा गएर सोध्दा झर्को फर्को गर्छन्, पैसा किन चढेन भन्दा पनि बुझने गरी भन्दैनन्,’ उनी भन्छिन्, ‘यता गयो, उ त्यता जानुस् भन्छन्, त्यता गयो, उता जानुस् भन्छन्, हामी नपढेकालाई कता हो कता ।’

प्राधिकरण परिसरमै भेटिएका रामपुर पिप्राकी मुनी देवी शाह र ललिता देवी शाहलाई पनि यस्तै समस्या छ । प्राधिकरण उनीहरुको घरबाट करिब १७ किलोमिटरको दुरीमा छ । त्यहाँदेखि आधा बाटो मात्र बस लाग्ने भएकोले आधा बाटो हिँडेरै आउनुपर्ने उनीहरुको बाध्यता छ । ‘टाढादेखि आयो, तर यहाँ आएपछि त्यसै अलमल हुन्छ, भीडभाड, ठेलाठेलमा कसैले पनि वास्ता गर्दैनन्, काम सकाएर घर फर्किदा रात नै पर्छ,’ मुनीदेवी भन्छिन् ।

विद्युत प्राधिकरणमा महसुल बुझाउन काउन्टरमा देखिएको भीड

मालपोत कार्यालय, बैंक, राजस्व कार्यालय, ईलाका प्रशासन कार्यालय लहानदेखि जिल्ला विकास कार्यालय तथा जिल्ला पु्रशासन कार्यालय लगायतका सरकारी कार्यालयमा महिला पुरुषलाई छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको पाइदैंन । यसले सानो काम गर्न पनि महिलालाई घन्टौं लाग्ने गरेको छ । प्राधिकरणको महसुल काउन्टर अगाडी महिला र पुरुषको छुट्टा छुट्टै लाईनको व्यवस्था त छ, तर साँघुरो ठाँउ भएकाले ठेलाठेल बढि हुने ललिता बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: