जर्बजस्ती करणी आरोपमा एकजना पक्राउ


प्रकाशित मिति :2017-02-06 16:27:21

ज्ञानु पंगेनी
नवलपरासी । जिल्लाको मध्यविन्दु नगरपालिकाकी एक किशोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालिकाले घटनाबारे विद्यालयमा जानकारी गराएपछि विद्यालयले प्रहरीमा रिर्पोट गरेको थियो ।

ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार गत २२ माघमा देवचुली नगरपालिकास्थित सुस्त श्रवण अध्ययन गर्ने विद्यालयमा सो घटना घटेको थियो । विद्यालयमा अध्ययनरत १६ वर्षिया एक बालिकालाई देवचुली नगरपालिकाका ईश्वरी भण्डारी (४०) ले जर्बजस्ती करणी गरेको भन्ने जाहेरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । उनलाई सोमवार नै जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ ।

पीडित बालिका कान नसुन्ने भएकाले घटनाका बारेमा अनुसन्धान गर्न समेत अप्ठ्यारो परिरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार साङ्केतिक भाषा बुझ्ने दोभाषेको सहारामा पीडित बालिकासँग बयान लिईएको छ र बयानमा उनले आरोपीले विद्यालयको पर्खाल नाघेर कोठामा छिरी जर्बजस्ती गरेको बताएकी छिन् ।

यता, घटना मिलापत्र गर्नका लागि पीडक पक्षबाट दबाब आईरहेको बालिकाको परिवारले जनाएका छन् । बालिकाकी आमाले क्षतिपूर्ति दिएर घटना मिलापत्र गर्न भनेर आरोपीका परिवारले भनिरहेको तर आफुहरु मिलापत्र गर्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले आफ्नो छोरीलाई न्याय दिलाउनका लागि सबैसँग आग्रह समेत गर्नुभएको छ ।

यस्तै, अपाङ्ग समन्वय समिति देवचुलीकी अध्यक्ष गोमा घिमिरे दवाडीले अपाङ्गता भएको भनि सामान्य रुपमा यस घटनालाई हेर्न नहुने र दोषीले जसरी पनि सजाय पाउनुपर्ने बताउनुभयो । उहाँले पीडक पक्षले घटना मिलाउनका लागि दबाब दिईरहेको बताउँदै कुनै पनि हालतमा दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: