दुईसय लिटर घरेलु मदिरा नष्ट


प्रकाशित मिति :2017-02-06 16:44:43

सर्मिला बुढाथोकी

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले भीमेश्वर नगरपालिकाका विभिन्न घरबाट २ सय लिटर मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीका अनुसार अवैध रुपमा बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नष्ट गर्ने अभियानको क्रममा मदिरा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी सहायक निरीक्षकको टोलीले भीमेश्वर नगरपालीकाको भुलभुलेबाट २ सय लिटर मदिरा र १ सय केजी मदिरा बनाउन प्रयोग गरिने कच्चा पर्दाथ बरामद गरेको प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी बरामद गरिएको मदिरा तथा कच्चा पर्दाथ स्थानीय बुद्धिजिवी तथा समाजसेवीको रोहवरमा नष्ट गरिएको थियो ।

अधिकांश पारिवारिक हिंसाका घटना घरेलु मदिराका कारण हुने गरेकोले प्रहरीले अवैध रुपमा बिक्री वितरण हुँदै आएका, सीलबन्दी गरिएका रक्सी र घरेलु मदिरा बरामद तथा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: