भूकम्पपछि दुईसय सत्तरी महिला हिंसा


प्रकाशित मिति :2017-02-07 11:19:14

बिदुर आचार्य

सिन्धुपाल्चोक । विनासकारी भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको सिन्धुपाल्चोकमा पछिल्लो २२ महिनामा २ सय ७० महिला हिंसाका घटना दर्ता भएका छन् । असुरक्षित आवासकै कारण महिला हिंसामा उल्लेख्य वृद्धि भएको हो । भूकम्प लगत्तैका राहत वितरण देखि आवास अनुदानमा भएका विवादका कारण समेत महिलाहरु हिंसामा परेका छन् ।

‘भूकम्पमा परि मृत्यु भएका घरका सदस्यको किरिया खर्च आफु अनुकुल खर्च गर्न नपाएको भन्दै महिलामाथी हिंसा भएको छ,’ घटनाको विवरण सुनाउँदै महिला विकास अधिकृत सन्ध्या सिंहले भन्नुभयो, ‘राहत र आवास अनुदानबाट बहु विवाहमा परेका र कतिपय एकल महिला लाभान्वित हुन सकेका छैनन् ।’

भूकम्पपछि बहुविवाह गरेकाहरुले जेठी श्रीमतीलाई राहत र अनुदानमा विभेद गरेका उजुरी परेका छन् । परिवारका अन्य सदस्य छुट्टै भिन्न बसेर एक्लै हुन पुगेका एकल महिला पनि भूकम्पपछि हिंसामा परेको भन्दै उजुरी दिन आएको महिला विकास कार्यालयको रेर्कड छ । ‘गाँस न वास भएपछि के गर्नु ?’ राहत र आवास अनुदान दुवै नपाएर चौतारा आएकी मेलम्ची नगरपालिकाकी एक महिलाले प्रश्न गर्नुभयो।

भूकम्पपछि धेरै महिला अपाङ्ग बन्न पुगे । आफु अपाङ्ग बनेपछि श्रीमानले दोस्रो विवाह गरेको भन्ने उजुरी पनि आएका छन् । यसैगरि, छोरी मात्र जन्माएको भनी वहुविवाह गर्नेको संङ्ख्या पनि बढेको महिला विकास अधिकृतहरु बताउँछन् ।

महिलालाई भूकम्पपछि ललाई फकाई अन्यत्र लैजाने क्रम त झनै विकराल वनेको छ । राजधानी काठमाडौं तथा देशबाहिर वैदेशिक रोजगारीको आश्वासनमा जिल्लाका धेरै महिला प्रभावित भई हिंसामा परेको कार्यालयको तथ्याङ्क छ ।

असुरक्षित बसाइँकै कारण भूकम्पपछि ३ किशोरी बलात्कारमा परी गर्भवती भएका छन् । किशोरीहरु अहिले महिला विकासको संरक्षण केन्द्रमा छन् । असुरक्षित बसाइँकै कारण २ महिला यौन हिंसामा परेको उजुरी छ ।

पछिल्लो २२ महिनामा कार्यालयमा परेका उजुरीमा लैङ्गिक हिंसा २२, घरेलु हिंसा १४१, मानव बेचविखनका ३ घटना दर्ता भएका छन् । त्यस्तै प्रतिलिपि सम्झौता नामसारी सम्बन्धी ९ वटा घटना दर्ता भएको कार्यालयको तथ्याङ्क छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: