सुमिना हत्या आरोपमा एक पक्राउ


प्रकाशित मिति :2017-02-07 13:12:05

महिला खबर

काठमाडौं । भोजपुर नागरपालिका कोदारीकी सुमिना महतको हत्या आरोपमा खोटाङ चिसापानीका रोहिण कार्की (४०) लाई जिल्ला प्रहरी कार्यालय खोटाङले सोमबार पक्राउ गरेको छ । कार्की वैदेशिक रोजगारवाट केहि दिन अघि मात्र फर्किएका थिए ।

२८ वर्षिया सुमिना गत २२ माघमा खोटाङको डम्बर्खुशिवालय स्थित काभ्रेखोलामा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले आरोपी कार्कीलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

काभ्रखोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा शनिबार दिउँसो सुमिनाको शव फेला परेको थियो । परिवारले दिएको हुलियाका आधारमा सोधखोजपछि उनको पहिचान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

उपरीक्षक प्रधानका अनुसार युवतीको शव पहिचान भएको पाँच घण्टामै आफन्तले कार्की विरुद्ध जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको थियो । कार्कीको साथमा सुनको सिक्री र रगत लागेको कपडा फेला परेको प्रहरीले जनाएको छ । उपरीक्षक प्रधानका अनुसार कार्कीलाई खोटाङ जिल्ला प्रहरी कार्यालयमा आज उपस्थित गराइने छ । सुमिनाको शव आफन्तले प्रहरीबाट बुझेका छन् ।

१९ माघमा घरबाट हिँडेकी सुमिनाले परिवारलाई आफु ‘इटहरी जाँदै गरेको’ जानकारी गराएकी थिइन् । उनको घाँटी र अनुहारमा खुकुरीको गहिरो चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: