दोलखामा सुविधा सम्पन्न वृद्धाश्रम बनाइने


प्रकाशित मिति :2017-02-07 14:18:02

सर्मिला बुढाथोकी

दोलखा । जिल्लामा सुविधा सम्पन्न वृद्धाश्रम निर्माण सुरु भएको छ । फस्कु गाविसको त्रिवेणी धाममा २० कोठाको तीन तले वृद्धाश्रम भवन निर्माण सुरु गरिएको हो ।

चर्नावती त्रिवेणी विकास तथा प्रवद्धन संघ फस्कुले निर्माण गरिरहेको सो वृद्धाश्रमको लागि महिला तथा बालबालिका विभागले झण्डै तीन करोड रकम छुट्याएको छ । वृद्धाश्रम निर्माणको लागि ओम बुद्ध महानगरी जेभीले २ करोड ५७ लाख रुपैयाँको ठेक्का पाएको छ ।

वृद्धाश्रममा ४० जना वृद्धवृद्धालाई आश्रय दिन सकिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार असहाय, अपाङ्ग, विपन्न गरी २० जना वृद्धवृद्धालाई निःशुल्क र बाँकीलाई सशुल्क आश्रयको व्यवस्था गरिने छ । सो भवन निर्माण भएको एक वर्षपछि अर्थात, ०७४ पुषबाट सो आश्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखाको आर्थिक सहयोगमा बृद्धाश्रमको कार्यालय भवन निर्माण समेत सुरु गरिएको संघका सचिव रामेश्वर उप्रेतीले जानकारी दिनुभयो ।

२ सय रोपनी जमिनमा फैलिएको सो वृद्धाश्रममा महिला तथा बालबालिका विभागको ८ लाख रुपैयाँ सहयोगमा भजन मण्डली भवन निर्माण समेत सुरु गरिएको र सरकारकै सहयोगमा १२ कोठे सामुदायिक भवन निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयो । वृद्धाश्रम भवन आसपास किरियापुत्री भवन, बगैंचा, विश्रामस्थल लगायतका ठाँउहरु समेत निर्माण गरिने संघले जनाएको छ ।
चर्नावती त्रिवेणी धाम सदरमुकाम चरिकोटबाट एक घण्टामा पुग्न सकिन्छ । धाम रमणीय हुनुका साथै त्यहाँको मौसम पनि अनुकूल भएकोले वृद्धाश्रम बनाउन उपयुक्त मानिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: