महिलालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-02-08 13:12:48

महिला खबर

कैलाली । आर्थिक स्थिति कमजोर भएकी एक महिलालाई सुरक्षित आप्रवासन सम्बन्धी काम गर्दै आएको सामी परियोजनाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावमा मनोसामाजिक समस्या हुनसक्ने भन्दै परियोजनाले अत्तरिया नगरपालिका चैतन्यपुरकी एक महिलालाई ८ हजार रुपैयाँ सहयोग गरेको हो । खर्च अभावमा महिलाका २ छोरा र १ छोरी सहितको परिवारमा बिहान बेलुकाको छाक टार्न मुश्किल भएको भन्दै परियोजनाले आर्थिक सहयोग गरेको थियो । उनका श्रीमान् वैदेशिक रोजगारको क्रममा दुई वर्षदेखि मलेसियामा छन् ।

सामीले वैदेशिक रोजगारीमा गएका आफन्तहरुमा मानोसामाजिक समस्या देखिएका तथा कमजोर अवस्था भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार आकास्मिक कोष मार्फत सहयोग गर्दै आएको छ ।

परियोजनाले यसअघि मनोसामाजिक समस्या भएका बनबेहडाकी एक महिलालाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: