न्याय खोज्दा देश निकाला


प्रकाशित मिति :2017-02-08 15:11:51

महिला खबर

काठमाडौं । ‘लेबनानबाट ‘डिपोर्ट’ हुने गरी कुनै पनि गलत काम गरेकी थिइनँ, वर्षौंदेखि अन्यायमा परेका महिला कामदारले लेबनानी कानुन अनुसार सेवा, सुविधा पाउनुपर्छ भन्ने आवाज उठाउँदा जर्बजस्ती नेपाल पठाइयो ।’

लेबनानबाट जर्बजस्ती नेपाल फर्काइएकी पृथ्वीनगर झापाकी रोजामाया लिम्बुको व्यथा हो यो । मंगलबार लिम्बुले पत्रकार सम्मेलन गरी आफ्नो व्यथा सुनाइन् । उनीसँगै थिइन्, काठमाडौं, सामाखुसीकी सुजाना (सुशीला) राना । राना पनि महिला कामदारले कानुन अनुसार काम र पारिश्रमिक पाउनुपर्छ भन्दै आवाज उठाउँदा लेबनानबाट ‘डिपोर्ट’ अर्थात देश निकाला गरिएकी थिइन् ।

‘म जस्ता घरेलु काममा जाने धेरै महिलाको पूरै जीवन घरभित्रै सीमित नहोस् भनेर मैले आवाज उठाएँ, न्यायका लागि आवाज उठाउँदा सम्मान गर्नुपर्नेमा उल्टै यातना दिए । जबर्जस्ती नेपाल पठाए,’ लिम्बु बताउँछिन् ।

महिला कामदारबाट अभियन्ता बन्न पुगेकी लिम्बुको लेबनान यात्रा रोचक देखिन्छ । सन् २००३ मा घरेलु कामदारको रुपमा उनी लेबनान पुगेकी थिइन् । आफुले गर्ने कामबारे केही थाहा नहुँदा सुरुका चार वर्षसम्म उनी घरभित्रै बस्न बाध्य भइन् ।

चार वर्षपछि बिस्तारै उनले घरबाहिरको कामकाजमा पनि हिड्नुपर्यो । त्यसपछि उनले लेबनानमा महिला कामदारमाथि हुने सबै प्रकारका हिंसा र विभेदबारे थाहा पाउन थालिन् । यसपछि बिस्तारै उनले हिंसा र शोषण विरुद्ध आवाज उठाउने, महिलालाई संगठिन गर्न थालिन् ।

रोजगारदातासँग सम्झौता र लेबनानी कानुन अनुसार काम गर्न तथा सोही अनुसार सेवा, सुविधा प्राप्तिमा लबिङ गर्न हालै लेबनानमा गठन भएको घरेलु महिला कामदार युनियनमा लिम्बू नेपाली प्रतिनिधिमण्डलको तर्फबाट ‘लिडर’ चयन भएकी थिइन् । उनी भन्छिन्, ‘घरेलु कामदार महिला शोषणमा पर्नु हुँदैन भनेर युनियनको लिडर भएकी हुँ, सोही कारणले मेरो जागिर खोसियो । मलाई अन्याय भयो ।’

लिब्बु १३ वर्षदेखि लेबनानमा घरेलु कामदारको रूपमा कार्यरत थिइन् । रोजगारदातासँगको सम्झौता अवधि एक वर्ष बाँकी थियो । लेबनानी प्रहरीले उनलाई पक्राउ गरी ५५ दिन हिरासतमा राखेर नेपाल फिर्ता पठाइएको थियो । लिम्बूले अन्यायमा परेको भन्दै सहयोगको याचना गरिरहेकी छिन् ।

यस्तै कथा छ, रानाको पनि । लिम्बुभन्दा अघि नै नेपाल फर्काइएकी राना सन् २००७ देखि घरेलु कामदारको रूपमा लेबनानमा कार्यरत थिइन् । कानुन अनुसार काम र पारिश्रमिक पाउनुपर्छ भन्दै यसलाई अभियानकै रुपमा सशक्त पारेपछि उनी त्यहाँको प्रशासनको तारो बनेकी थिइन् ।

उनलाई प्रहरीले पक्राउ गरी नौ दिनसम्म हिरासतमा राखेर नेपाल फर्काएको थियो । ‘लेबनानी र अन्र्तराष्ट्रिय कानुन अनुसार घरेलु कामदार महिलाले सेवा, सुविधा पाउनुपर्छ भन्नेबाहेक हाम्रा अन्य कुनै माग थिएनन् । तैपनि महिलालाई शोषण गर्न पल्केकाहरूले हाम्रो आवाजलाई सहन सकेनन्,’ राना बताउँछिन् ।

लेबनानी कानुन विपरीत आवाज उठाएको आरोप लगाउने गरेपनि त्यो सत्य नभएको राना बताउँछिन् । ‘सातामा एक दिन बिदा र ओभरटाइम काम गरेपछि थप पारिश्रमिक दिनुपर्छ भन्ने हाम्रो माग थिए जुन त्यहाँको कानुन अनुसार नै थियो,’ उनी भन्छिन्, ‘हामी सशक्त भएको गैर आवासीय नेपाली संघका कतिपय पदाधिकारीलाई पनि मन परेन । त्यहाँको प्रहरी र संघका सदस्य मिलेर हामीलाई जबरजस्ती पक्राउ गरी नेपाल फर्काए ।’ उनीहरूले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन् ।

उनीहरूका अनुसार हाल लेबनानमा करिब १० हजार नेपाली महिला छन् । जसमध्ये करिब ५ सय महिला विभिन्न कम्पनीमा र बाँकी घरेलु कामदारको रूपमा कार्यरत छन् । घरेलु कामदारको रूपमा रहेका महिलाले बिहान ५–६ बजेदेखि राति १२–१ बजेसम्म काम गर्नुपर्ने, सातामा छुट्टी नपाउने लगायतका शोषण सहनुपर्ने गुनासो गर्ने गरेका छन् ।

रानाले घरेलु कामदारको रूपमा जाने महिला निकै शोषणमा पर्ने हुनाले सरकारले उक्त कामका लागि जाने महिलालाई रोक्नुपर्ने माग गरेकी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: