रेमिट्यान्स बन्यो लगानी


प्रकाशित मिति :2017-02-08 16:46:19

यमुना खनाल

 

सिरहा । वैदेशिक रोजगारमा काम गर्न गएकाले कमाएको पैसा अर्थात ‘रेमिट्यान्स’ स्वदेश पठाउँछन् । धेरैजसो परिवारमा विदेशबाट श्रीमानले पठाएको पैसा घरखर्चमै सकिन्छ । तर, लहान नगरपालिकाकी आशा शाह श्रीमानले पठाएको पैसा बचत गरेर व्यापारी बनेकी छिन् ।

श्रीमानले उनलाई पैसा मात्र पठाएनन्, व्यापार गर्न आँट र साहस पनि दिए । उनी अहिले घरमै तयारी कपडाको पसल चलाउँछिन् । कपडा व्यापारसँगै उनको आम्दानी पनि बढेको हो । ‘काम गर्ने जाँगर र आँट भएपछि पढाइर्, लेखाई, अनुभव नभएपनि केही फरक पर्दोरहेनछ, श्रीमानको सहयोगले मैले व्यापार गर्न सकें,’ उनी भन्छिन् ।

उनको पढ्दा पढ्दै सानै उमेरमा विवाह भएको थियो । विवाहपछि काम गर्ने अवसर पनि थिएन, वातावरण पनि थिएन । गाँउमा सासु ससुरा सहितको ठूलो परिवार थियो । गाईवस्तु, घाँसपानी र खेतीपातीमै उनको दिन बित्थ्यो । आधा शरीर ढाकेर घुम्टो हालेर बस्नुपथ्र्यो, बाहिरी मान्छेसँग बोल्ने कुरा गर्ने अवसरै हुँदैनथ्यो । विवाहपछि आशाका छ, सात वर्ष यसैगरि बिते ।

तर, अहिले आशाको दैनिकी, रहन सहन सबै बदलिएको छ । उनको पहिचान र समाज, परिवारले उनलाई गर्ने व्यवहारमा पनि बदलाव आएको छ । उनी अहिले सफल व्यापारीको रुपमा चिनिन्छिन् ।

आशाका श्रीमान रोजगारीका लागि विदेशिएको १० वर्ष भएको छ । श्रीमान्ले पैसा पठाउन थालेपछि उनले सुरुमा जग्गा जोडिन्, त्यसमा घर बनाइन्, भाडामा लगाइन् अनि आफुले पनि एउटा कोठामा कपडाको व्यापार गर्न थालिन् । ‘श्रीमान् रोजगारीका लागि नगएको भए म त्यही खेतीपाती र घुम्टो भित्रै हुन्थें होला,’ तीन सन्तानकी आमा आशा भन्छिन् ।

लहान नगरपालिकाकै सुनिता शाह पनि श्रीमानले घरखर्च गर्न पठाएको रकम जोगाई खुद्रा व्यापारी बनेकी छिन् । उनका श्रीमान वैदेसिक रोजगारीमा गएको १२ वर्ष भयो । श्रीमान विदेशिएपछि परिवारको निकै हेलाहेचो खपेकी सुनिताले हरेस भने कहिले खाईनन् । जब श्रीमानले कमाएको पैसा पठाउन थाले, उनले आफुले पनि केहि गर्ने उदेश्य राखिन् । त्यसपछि उनले लहान चोकको तरकारी बजारमा किराना पसल सञ्चालन गरिन् ।

उनले पनि श्रीमानको पैसाले लहानमा जग्गा जोडिन् । घर बनाइन् र दुई छोराको ध्यान पनि उत्तिकै राखिन् । घर बनाउने क्रममा निर्माण सामाग्रीको जोहो गर्न सुनितालाई निकै मुस्किल हुन्थ्यो, तर उनी कहिल्यै पनि आत्तिइनन् । ‘श्रीमानले अर्काको देशमा कति दुःख गरेर कमाउनु हुन्छ, मैले पनि त अलिकति दुःख गर्दा घर बन्यो, पसल पनि चलेकै छ,’ उनी भन्छिन् ।

आशा र सुनिताले अवसर पाए महिला आफ्नै मिहिनेत र बलबुताले आफ्नो परिचय र पहिचान पनि बदल्न सक्छन् भन्ने उदाहरण दिन सफल भएका छन् । लहान चोकमा सुनितालाई स्वाभिमानी महिला भनेर चर्चा गरिन्छ । त्यहाँ उनलाई पहिला चिन्नेहरुले उनको मेहनतको प्रशंसा गर्छन् । सरल, ईमानदार व्यापारी उनको परिचय नै बनेको छ ।

घर र परिवार भित्रै गुमनाम उनीहरु अहिले समाजमा ठूला व्यापारीको रुपमा चिनिने स्थानीय बिमला खत्री बताउँछिन् । ‘श्रीमान विदेसिएपछि महिलाले धेरै अप्ठ्याराहरु भोग्नुपर्छ, तर उनीहरुले महिलाले चाहे अप्ठेरोमा पनि राम्रो गर्न सक्छन् भन्ने उदाहरण दिएका छन्,’ उनी भन्छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: