एक महिनामा एकसय अठ्ठाइस महिला अधिकार उल्लङ्घनका घटनाः इन्सेक


प्रकाशित मिति :2017-02-09 12:07:06

महिला खबर

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गएको एक महिनामा महिला अधिकार उल्लङ्घनका १२८ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

इन्सेकले मानव अधिकारको अवस्था सार्वजनिक गदै प्रस्तुत गरेको मासिक विश्लेषणमा २०१७ को जनवरी महिनामा कुल १९५ मानवअधिकार उल्लंघनका घटना भएको उल्लेख छ, जसमा सबैभन्दा बढी महिला अधिकार सम्बन्धी १२८ घटना  छन् ।

गत महिना परिवारका सदस्यबाट ६ जना महिलाको हत्या भएकोे छ । महिला अधिकार उल्लंघन सम्बन्धी परेका अन्य घटनामा घरेलु हिंसाका कारण एक सय पाँच, बोक्सीको आरोपमा दुई, बलात्कारका घटनामा चार, यौन दुव्र्यवहारका घटनामा एक, बलात्कार प्रयासका घटनामा चार, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा पाँच र बहुविवाहका कारण सात जना महिला पीडित भएका छन् ।

प्रतिवेदन अनुुसार सो अवधिमा ३१ वटा बालअधिकार उल्लङ्घनका घटना भएका छन् । जसमा ९ जना बालक र २२ जना बालिका पीडित भएका छन् । २२ मध्ये १४ वटा बलात्कार र ६ बालिका यौन दुव्र्यवहारमा परेका छन् । यसैगरि बाल श्रमका कारण आठ जना बालक पीडित भएको र विद्यालयले दिएको शारीरिक यातनाको कारण एक बालक र बालिका पीडित भएका छन् ।

इन्सेकले राज्य पक्षबाट हुने मानवअधिकार उल्लङ्घनका घटनामा कमि आएको भएपनि गैरराज्य पक्षबाट हुने उल्लङ्घन र ज्यादतीका घटनामा कमि नआएको निष्र्कष निकालेको छ । बलात्कार, यौन दुव्र्यवहार, बोक्सीको आरोपमा दुव्र्यवहार जस्ता घटनामा महिला बढी पीडित भएको इन्सेकले उल्लेख गरेको छ ।

सो प्रतिवेदनमा घरेलु हिंसा नियन्त्रणका लागि भरपर्दो कानुनी संयन्त्रको विकास गरी हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: