खोटाङमा फेरी एक युवती मृत फेला


प्रकाशित मिति :2017-02-09 14:03:20

महिला खबर

काठमाडौं । २८ वर्षिया सुमिना महतको हत्या भएको पाँच दिन नहुँदै खोटाङमा फेरी एक युवती मृत फेला परेकी छन् ।  खोटाङको दक्षिणी गाविस लिच्किराम्चे की १७ वर्षीया नीता तामाङ बुधबार दिउँसो मृत फेला परेकी छन् ।

मंगलबार बेलुकीदेखि हराएकी नीतालाई खोजी गर्ने क्रममा सिम्पानी स्थित जङ्गलमा मृत अवस्थामा भेटिएको थियो । रीताको शव भेटिएको स्थानमा बोटविरुवा माडिएको र उक्त ठाउँ सडकबाट करिब  ४० मिटर तल भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सिम्पानी बजारस्थित खड्का होटलमा काम गर्दै आएकी नीता बेलुकीे घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले अनुसन्धानका क्रममा नीतालाई बिहे नगरे मार्ने धम्की आइरहेको पत्ता लागेको जानकारी दिनुभयो । प्रहरीले सोधपुछका लागि ३ जनालाई पक्राउ गरेको छ । मृतक नीताकोे शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

गत शनिबार भोजपुरकी कोदारकी २८ वर्षीया सुमिना महतको हत्या अभियोगमा प्रहरीले खोटाङ चिसापानीका ४० वर्षीय रोहिण कार्कीलाई पक्राउ गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: