एकल महिलालाई घुम्ती शिविरबाट नागरिकता


प्रकाशित मिति :2017-02-09 16:46:23

महिला खबर

काठमाडौ । सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नागरिकता र राज्यको सुविधाबाट वञ्चित एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने बताउनु भएको छ ।

नागार्जुन नगरपालिका र मानवअधिकारका लागि एकल महिला समूहले रामकोटमा आज आयोजना गरेको नागरिकता, व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध सूचना प्रदर्शनीमा बोल्दै उहाँले सम्बन्धित कार्यालय तथा स्थानीयको मागका आधारमा घुम्ती शिविर सञ्चालनको नीति रहेको बताउनुभयो । उहाँले जनचेतनाको अभावमा काठमाडौँमा समेत महिला तथा वृद्धाहरु नागरिकता विहिन रहेको जनाउनुभयो ।

प्रदर्शनीमा विभिन्न ११४ मुद्दाबारे जानकारी दिइएको थियो । सो अवसरमा ३० वटा नागरिकता नपाइएको घटना समेत दर्ता भएका थिए ।
संस्थाका अध्यक्ष निर्मला ढुङ्गानाले देशभर एकल महिलाको हक अधिकार तथा सशसक्तीकरणका आवज उठाउँदै आएपनि उनीहरु नागरिकता विहिन हुनु विडम्बना भएको बताउनुभयो ।  कार्यक्रममा मार्मिक संवाद सहितको ‘अनागरिक’ नाटक देखाइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: