व्यक्तित्व विकास तालिम


प्रकाशित मिति :2017-02-10 11:13:00

सर्मिला बुढाथोकी

दोलखा । महिलाको आत्मविश्वास वृद्धि गराउने उदेश्यले सदरमुकाम चरिकोटमा ७ दिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । तालिमको आयोजना जिल्लास्थित निम्फा (नेपाल इन्स्टिच्युट अफ म्युजिक फाइन आर्टस), रेडियन्ट इभेन्ट म्यानेन्मेन्ट एजेन्सी र सौन्दर्य व्युटिपार्लरको संयुक्त आयोजनामा भएको थियो ।

नेपाल ईन्ष्टिच्युट अफ म्युजिक फाइन आर्टस (निम्फा) का प्रिन्सिपल दिलु थापाले कसरी आत्मनिर्भर बन्ने, समाजमा कसरी प्रस्तुत हुने, समाजमा आफ्नो भुमिका के हुने ? लगायतका विषयमा केन्द्रित रहेर महिलालाई तालिम दिइएको जानकारी दिनुभयो । ‘तालिमपछि महिलाले उच्च मनोबलका साथ काम गर्न सक्ने, सिकेका कुराको कार्यान्वयन गरी समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं,’ उहाँले भन्नुभयो ।

तालिम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका निर्देशक राज फैजुले दिनु भएको थियो । तालिममा व्युटिसियन, शिक्षक, विद्यार्थी, बैंक तथा निजामती कर्मचारी, व्यापारी लगायत विभिन्न पेशामा रहेका १५ महिलाको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: