मुक्त कमैया बसन्ती चौधरीलाई एन पिस अवार्ड


प्रकाशित मिति :2017-02-10 12:10:56

महिला खबर

काठमाडौं । पूर्व कमलरी तथा हलिया प्रथा उन्मुलनकी अभियन्ता बसन्ती चौधरी थाइल्याण्डको राजधानी बैंककमा बिहिबार एनपिस अवार्ड २०१६ बाट सम्मानित भएकी छन् ।

गएराति बैंककमा भएको एक कार्यक्रममा डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी चौधरीलाई एनपिसको ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा अन्र्तगत सम्मान गरिएको थियो । उनीसँगै अफगानिस्तानबाट हबिबा सरावी, पाकिस्तानका रिजवाना शाह, श्रीलङंकाका सुमिका परेरा, इण्डोनेशियाका रुबी खालिफा र फिलिपिन्सका मरियम बरन्दिया पनि सम्मानित भएका छन् ।

सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने चौधरीले महिला हिंसाविरुद्ध निन्तर संघर्ष गरेका कारण यो अवार्ड प्रदान गरिएको एनपिस नेटवर्कको वेवसाइटमा उल्लेख छ । चौधरीले भोट गरेर सहयोग गर्ने र आफ्नो कामको मूल्यांकन गरेर अवार्ड प्रदान गर्ने एनपिस नेटवर्कलाई धन्यवाद दिएकी छन् ।

एनपिस अर्वाड महिला, शान्ति र सुरक्षा प्रर्वद्धनमा कार्यरत एसियाका विभिन्न देशका अधिकारकर्मीले सन् २०१० मा स्थापना गरेका थिए ।
सन् २०१५ मा कैलालीकै मुक्त कमलरी कौशिला चौधरी यो अवार्डबाट सम्मानित भएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: