महिला खबर
काठमाडौं । अर्घाखाँची धनचौरकी कल्पना भुसालको हत्या अभियोगमा बाबु र छोरालाई जिल्ला अदालत अर्घाखाँचीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले सो फैसला गरेको हो ।
धनचौरका बाबुछोरा गणेश भुसाल र खेमराज भुसालविरुद्ध जिल्ला अदालतले सो फैसला गरेको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद ठह¥याई फैसला सुनाइएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार टेकराज गैरेले जानकारी दिनुभयो ।
कल्पनाका पति भीमलाल भुसालले दिएको जाहेरीका आधारमा ती दुवै बाबुछोरालाई प्रहरीले पक्राउ गरेको थियो । १८ असोजमा कल्पना भुसाल मृत फेला परेकी थिइन् ।
Comment Here!