बाबु भएपनि लक्ष्मीले पाइनन् नागरिकता


प्रकाशित मिति :2017-02-10 13:01:03

महिला खबर

रामेछाप । बाबु भएपनि गेलु गाविसकी लक्ष्मी विकको नागरिकता बन्न सकेको छैन । बाबुको नामबाट प्रशासनले सहजै नागरिकता बनाइदिने भएपनि लक्ष्मीका बाबुले आफ्नो नागरिकता बनाउँदा आफ्नो उमेर घटाएका कारण उनको नागरिकता बन्न नसकेको हो ।

नागरिकताका लागि आवश्यक कागजात लिएर बिहीबार जिल्ला प्रशासन कार्यालय पुग्नुभएकी विकलाई प्रशासनले उनको साथमा भएको कागजातका आधारमा नागरिकता बन्न नसक्ने भन्दै फिर्ता पठाएको थियो । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बाबु जन्मेको १२ बर्षमा उहाँ जन्मेको भन्ने खुल्ने कागजातका कारण नागरिकता दिन नसकिएको बताउनुभयो ।

‘बाबुको जन्मेको १२ वर्षमा नै विहे भएर छोरी भएको देखिन्छ तर जुन कानुनी रुपमा वैध छैन । छोरीको उमेर हेर्दा नागरिकता दिन योग्य भएपनि कानुनको अधिनमा रहेर नागरिकता दिन सकिदैंन,’ प्रजिअ अधिकारीले भन्नुभयो । उहाँका अनुसार बाबु आएर नागरिकता सच्याएपछि मात्र नागरिकता दिन सकिन्छ ।

नागरिकतामा बाबुको जन्म मिति २०४३ कार्तिक ७ गते छ भने छोरीको शैक्षिक प्रमाणपत्रमा जन्म मिति २०५५ साल असोज १७ गते रहेको छ । लक्ष्मीका अनुसार वैदेशिक रोजगारमा जान उनका बाबुले उमेर घटाएर नागरिकता बनाएका थिए । हाल उनका बाबु विदेशमै छन् ।

प्रवेशिका परीक्षा उतीर्ण गरेर रोजगारीका लागि प्रयासरत लक्ष्मीले बाबुको गल्तीका कारण आफुले नागरिकता नपाएको बताउनुभयो । ‘जागिर खान नागरिकता चाहिन्छ, तर बुबालाई आउन अझै दुई वषै लाग्छ, अब उहाँ नआई मेरो नागरिकता नबन्ने भयो,’ उहाँले दुःखेसो पोख्नुभयो ।

संविधानले आमाको नामबाट नागरिकता बन्न सक्ने व्यवस्था गरेपनि प्रशासनले बाबुकै नाम र पहिचान खोज्ने भएकोले बाबुको पहिचानमा समस्या हुँदा नागरिकता लिन कठिनाई हुने गरेको देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: