बन्धक वनाएर बलात्कार


प्रकाशित मिति :2017-02-10 15:38:09

बिदुर आचार्य
सिन्धुपाल्चोक । जिल्लामा एक युवतीलाई ६ दिनसम्म कोठामा बन्धक बनाएर बलात्कार गरिएको छ । बलात्कार आरोपमा प्रहरीले सदरमुकाम चौतारा बतासेका मंगले तामाङलाई पुर्पक्षका लागि थुनामा राखेको छ ।

एक सन्तानका बाबु मंगलेले श्रीमतीले छाडेपछि यौन प्यास मेटाउन युवतीलाई बन्धक बनाई जर्बजस्ती गरेको बयान प्रहरीलाई दिएका छन् । शुरुमा तामाङले सहमतिमै यौन सम्वन्ध भएको बताए पनि पीडितले जवरजस्ती गरेको भनी उजुरी दिए पछि प्रहरीले मुद्धा अघि बढाएको थियो ।

दिदीलाई पनि छोडेनन्…..
गतहप्ता जिल्लामा एक भाईले आफ्नै दिदीलाई बलात्कारको प्रयास गरेका छन् । भिनाजु रोजगारको क्रममा देश बाहिर रहेका र दिदी घरमा बालबच्चासँग मात्र बस्ने गरेकी थिइन् । दिदीको घरमा दिउँसै पुगेका भाईले बेलुकी खाना खान आउँछु भन्दै बेलुका मदिरा पिएर पुनः दिदीको घर पुगेका थिए ।

आफु सुत्ने खाट भाईलाई दिएर आफु भुईंमा सुतेकी दिदीलाई राति भाईले दुव्र्यवहार गरेका थिए । उनले चिच्याएर आफन्तलाई बोलाएपछि भाई फरार भएका थिए । प्रहरीले पीडकलाई नियन्त्रणमा लिएर कारवाही अगाडि वढाएको छ ।

चालु आर्थिक वर्षमा १२ जनाले आफु जर्बजस्तीमा परेको उजुरी प्रहरीमा दिएका छन् । भूकम्पपछि असुरक्षित आवासका कारण पनि महिलाहरु असुरक्षित वनेको प्रहरी निरीक्षक केदार वस्नेतले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: