५८ प्रतिशत गर्भपतन लुकिछिपी


प्रकाशित मिति :2017-02-10 17:03:32

महिला खबर

काठमाडौं । कानुनी मान्यता पाएपनि ५८ प्रतिशत गर्भपतन लुकिछिपी हुने गरेको एक अध्ययनले देखाएको छ । वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र गुडमाकर इन्स्टिच्युट नामक अमेरिकी संस्थाले आज सार्वजनिक गरेको एक अध्ययन अनुसार ४२ प्रतिशत गर्भपतन मात्र सरकारले कानुनी मान्यता दिएका स्वास्थ्य संस्थामा हुने गरेको छ ।

नेपालमा अनिच्छित गर्भ र गर्भपतनको स्थिती नामक सो अध्ययनका अनुसार सन् २०१४ मा ३ लाख २३ हजार महिलाले गर्भपतन गराएका थिए, जसमा ५८ प्रतिशत गर्भपतन लुकिछिपी, असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था, व्यक्ति वा गर्भवती महिला आफैंले गर्ने गरेका छन् ।

अध्ययन अनुसार सन् २०१४ मा आधाजसो गर्भ अनिच्छित भएको र यस्तो गर्भपतन क्षेत्रगत रुपमा सबैभन्दा बढि मध्यमाञ्चल विकास क्षेत्रमा ५९ प्रतिशत र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा ३४ प्रतिशत रहेको छ । यसैगरि, गर्भपतनको दर सुदुर पश्चिमाञ्चलमा सबैभन्दा थोरै प्रति १००० महिलामा २१ र सबैभन्दा बढि मध्यमाञ्चलमा प्रति १००० महिलामा ५९ रहेको छ ।

सो अध्ययन २७ वटा जिल्लामा गरिएको थियो । अध्ययनले असुरक्षित गर्भपतनलाई कम गर्न विभिन्न सुझावहरु समेत दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: