किशोरी आमाकी छोरी कुपोषित


प्रकाशित मिति :2017-02-12 12:51:27

बेलिना थापा

 

लमजुङ । बेशीसहर नगरपालिका स्थित भकुण्डेकी अन्जु बुढापृथी (१६) र गोविन्द बुढापृथी (१७) को पहिलो सन्तान ज्यास्मिनमा कुपोषण देखिएको छ । गर्भवती अवस्थामा र सुत्केरी भएपछि पनि आमाले खानपानमा ध्यान नपुर्याएका कारण बालिकामा कुपोषण देखिएको जिल्ला सामुदायिक अस्पताल बेशीसहरले जनाएको छ ।

ज्यास्मिनलाई जिल्ला सामुदायिक अस्पतालमा शल्यक्रिया गरी जन्माइएको थियो । जन्मँदा स्वास्थ्य राम्रै भएपनि घर लगेको २१ दिनपछि नै उनकोे स्वास्थ्यमा समस्या देखा पर्न थालेको थियो । एक वर्ष पहिले फोनबाट नै माया बसेपछि अन्जु र गोविन्दले भागी विवाह गरेका थिए । माइती गोर्खा पालुङटार भएकी अन्जु विवाह भएको केही समयमै गर्भवती भएकी थिइन् ।

आफुले झोलीलो खानेकुरा खाने गरेको बताएपनि दुध सुक्दै गएपछि बच्चा कमजोर भएको अन्जुले बताइन् । कक्षा ९ सम्म मात्र अध्ययन गरेकी उनलाई गर्भवती समयमा के खाने, के नखाने भन्ने बारेमा केही जानकारी मात्र थियो । यसमाथि आर्थिक अभावले पनि उनले आवश्यक खानेकुरा जोहो गर्न सकिनन् ।

आफ्नो दुध सुक्दै गएपछि उनले बच्चालाई भैंसीको दुध खुवाएकी थिइन् । तर, छोरीको ज्यानमा हाडछाला मात्र देखीन थालेको, छाला चाउरी पर्न थालेको थियो । गाउँका केही व्यक्तिले अस्पताल जान आग्रह गरेपछि उनी अस्पताल पुगेकी थिइन् ।

अस्पतालले भने उपचारका लागि ल्याउन ढिलो भएको बताएको छ । बालिकाको अवस्था गम्भीर रहेको भन्दै जिल्ला सामुदायिक अस्पतालले बालिकालाई गण्डकी हस्पीटल पोखरा रिफर गरेको छ । आर्थिक अवस्था कमजोर भएकी अन्जुलाई अस्पतालमा आएका केही बिरामी तथा अन्य व्यक्तिले रकम संकलन गरी यातायात खर्च सहयोग गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: