कतारमा मृत्यु भएकी बिन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-02-12 13:29:52

सर्मिला बुढाथोकी

रकम लिँदै सुष्मा 

दोलखा । जिल्लाको लापिलाङ गाविसकी ७० वर्षिय मसली थामीको १२ वैशाख ०७२ को भूकम्पमा घर भत्कियो । आर्थिक अभावका कारण पुर्ननिर्माण गर्न समस्या भएपछि वैदेशिक रोजगारमा गएकी छोरी बिन्दुको पर्खाइमा बसेकी थिईन्, उनी ।

तर, छोरी जिउँदै फर्किइन्न्, ह्दयघातले उनको ज्यान लिएपछि आमा मसली थामी अहिले शोकमा परेकी छिन् । ‘माघमा स्वदेश फर्किन्छु अनि घर बनाउनुपर्छ भनेर फोन गरेकी थिई, तर अकस्मात मृत्युको समाचार आयो,’ मसलीले भन्नुभयो ।

झ्याकु गाविसका सुष्मा शेर्पाका श्रीमान आङ्दावा शेर्पा (२९) रोजगारीको लागि कतार गएका थिए । सुखी जीवनयापन गर्ने सपना बुनेर विदेशिएका आङदावाको गत असोजमा हृदयघात कारण निधन भयो । सुष्मा अहिले काठमाडौंमा घरमा रङ लगाउने काम गरेर गुजारा गरिरहनु भएको छ ।

रकम लिँदै मसली थामी

दोलखाबाट वैदेशिक रोजगारमा गएका जो कोहीलाई जोखिम, आपत विपद पर्दा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको ईन्टरनेश्नल कोर्डिनेशन सोसाईटीले मसली र सुस्मा दुवैलाई आर्थिक सहयोग गरेको छ ।

सोसाईटीका अध्यक्ष हरि बहादुर खत्रीले एक कार्यक्रममा कतारमा मृत्यु भएकी बिन्दु थामीको परिवारलाई २० हजार पाँच रुपैयाँ र आङदावा शेर्पाको परिवारलाई ३० हजार पाँच रुपैया सहयोग गर्नुभएको छ । उक्त रकम दोलखा सेवा समाज कतारले उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

संस्थाका महासचिव कुमार श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरु विभिन्न बहानामा ठगिन सक्ने भएकाले सबै कुरा बुझेर र सामान्य अंग्रेजी भाषा सिकेर मात्र जान अनुरोध गर्नुभयो । सोसाइटीमा हाल विभिन्न १३ देशमा काम गरिरहेका दोलखाली नागरिकको आवद्धता रहेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: