महिला खबर
बैतडी । जिल्लाको विशालपुर गाविसलाई माघ २५ गते पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएकोे छ । जिल्ला स्वास्थ्य कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै गाविसलाई पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरेको हो ।
कार्यक्रममा गाविसमा रहेका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, नेपाल सरकारको नियम अनुसार गर्भजाँच गराएको, टिडी खोप लगाएको, सुत्केरी पछिको नियमित जाँच गरिएको लगायतका विभिन्न सूचकहरु पूरा गरेको भन्दै गाविसलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको जानकारी दिइएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले गाविसलाई पुर्ण संस्थागत घोषणा गरेकोमा स्थानीयलाई धन्यवाद दिँदै यो कार्यलाइ निरन्तरता दिनुपर्ने बताउनुभयो ।
यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.गुणराज अवस्थीले कार्यालयले ०७४ असार मसान्तभित्र सम्र्पूण जिल्लालाइ नै पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य लिएकाले यस काममा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘बच्चा जन्माउन नसकेर कुनैपनी गर्भवती महिलाले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले यो अभियान चलाएका हौं । यो काममा सबैको साथ आवश्यक छ,’ उहाँले भन्नुभयो ।
जिल्लाका कुलाउ, हाट र कुवाकोट गाविस तथा दशरथचन्द नगरपालिकाको एक र पाटन नगरपालिकाको दुई वडा यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् ।
Comment Here!