घरमै सेनेटरी प्याड


प्रकाशित मिति :2017-02-13 10:21:24

पार्वती पाण्डे

सेनेटरी प्याड बनाउन सिक्दै सिहोखोरका किशोरी र बुहारीहरु ।

कपिलवस्तु । जिल्लाको सिहोखोर, खोरिया गाउँका महिलालाई सेनेटरी प्याड (महिनावारीका समयमा प्रयोग गरिने विशेष कपडा) बनाउन भ्याई नभ्याई छ । तिनैमध्येकी एक दुर्गावती पाल प्याड बनाउन जानेपछि रजस्वला भएका बेला निकै सजिलो भएको बताउँछिन् । भन्छिन्, ‘घरमै सफा कपडाको प्याड बनाउँदा पैसा पनि बच्यो, स्वस्थ पनि रहियो, जानकार पनि भइयो ।’

प्याड बनाउन जानेकी सावित्रा बरईलाई पनि आफैले प्याड बनाउन सिकेकोमा खुशी लागेको छ । उनी प्रजनन् स्वास्थ्यका बारेमा पनि खुलेर बोल्न सक्ने भएकी छिन् । ‘शुरुमा प्याडका कुरा गर्न असहज लाग्ने गर्दथ्यो, तर अहिले खुलेर कुरा राख्न सक्ने भएकी छु, अहिले त अरुलाई पनि सिकाउँछु,’ उनी भन्छिन् ।

सावित्रा घरमै कपडाको प्याड बनाउने, रजस्वला भएका बेला प्रयोगमा ल्याउने र घाममा सुकाउने गर्छिन् । ‘आफैंले बनाउँदा प्याड किन्ने खर्च जोगिन्छ, स्वास्थ्यका बारेमा बुझ्दा धैरै रोग लाग्नबाट पनि बचिन्छ,’ उनी भन्छिन् ।

सिहोखोरकै चम्पा बरई आफैले प्याड बनाउन जानेकोमा दंग पर्छिन् । प्याड बनाउन जानेपछि त्यसको महत्व राम्रोसँग बुझेको भन्दै उनी भन्छिन्, ‘मैले त सामान्य मानेकी थिएँ, तर निकै महत्वपूर्ण पो रहेछ ।’

प्रजनन् स्वास्थ्य र सरसफाईका बारेमा बुझेसँगै सेनेटरी प्याड बनाउन महिला, खासगरि किशोरी र बुहारीको व्यस्तता बढेको हो । दलित सम्बन्धी काम गर्दै आएको सामाजिक विकास संस्थाले प्याड बनाउने तालिम दिएपछि दलित, विपन्न किशोरी र वुहारीहरुलाई सजिलो भएको छ । संस्थाका अनुसार गाविसका ९ वटै वडामा रहेका किशोरी समुहका सदस्यहरुलाई प्याड बनाउन सिकाईएको छ ।

संस्थाकी सामाजिक परिचालक बिष्णुमाया श्रीमाल भन्छिन्, ‘गाउँका बुहारीहरु पनि घरमै प्याड बनाउन सिकेपछि खुशी छन्, सरसफाई र स्वास्थ्यका बारेमा जानकार हुन थालेका छन् ।’ उनका अनुसार प्याड बनाउने क्रममा गाउँका बस्तीमा बुहारी, किशोरी एक आपसमा प्रजनन् स्वास्थ्यका बारेमा कुरा गर्न थालेका छन् जसले गर्दा सबैमा सचेतना जागेको छ ।

‘प्याड बनाउन सिकाउने र कुरा गर्दा अझैपनि गाउँका कतिपय महिला लजाउने गर्छन्, कतिलाई यस्तो कुरा गर्नुहुँदैन भनेर सिकाइएको हुन्छ,’ श्रीमाल भन्छिन्, ‘त्यस्ता ठाउँमा किशोरीहरुले बुझाउन थालेका छन्, जसले गर्दा सबैलाई सहजता मिलेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: