भोलिदेखि दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी मेला


प्रकाशित मिति :2017-02-13 11:09:19

महिला खबर


काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी मेला मंगलबारदेखि शुरु हुने भएको छ । मेलामा स्वदेशी सहित विदेशी महिला उद्यमीका एक सयभन्दा बढी स्टल राखिने छ ।

महिला उद्यमी महासंघ नेपालका अनुसार फागुन ७ गतेसम्म लाग्ने सो मेलामा विभिन्न देशका महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजार प्रर्वद्धन गरिने छ । महासंघकी महासचिव शोभा ज्ञवालीले आन्तरिक बजार र निर्यात प्रर्वद्धन गर्न मेला आयोजना गरिएको र यसले महिला उद्यमीलाई प्रोत्साहन गर्ने बताउनुभयो । ‘मेलाले महिलालाई उद्यमीलाई अघि बढ्न प्रोत्साहन गर्नेछ,’ उहाँले भन्नुभयो ।

मेलाबाट महिला उद्यमीको श्रम, सीप र लगानी पहिचान गर्न, महिला उद्यमी, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यवसायिक सम्बन्ध विकास गर्न, न्यूनतम खर्चमा अन्र्तराष्ट्रिय व्यापार मेलामा सहभागी हुन, व्यवसायिक सञ्जाल बनाउन टेवा पुग्ने अपेक्षा गरेको महासंघले बताएको छ ।

मेलामा नेपाल सहित भारत, अफगानिस्तान, बंगलादेश, फिलिपिन्स र दक्षिण कोरियाका महिला उद्यमीका उत्पादन राखिनेछ । महासंघका अनुसार मेलामा हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीको बजार प्रर्वद्धन र प्रचारप्रसार हुनेछ । यसैगरि अर्गानिक उत्पादन, बिजुलीका सामान, खानेकुराका परिकार, गरगहना, सजावटका सामान लगायत प्रर्दशन तथा बिक्री गरिने छ ।

मेला व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, अन्र्तराष्ट्रिय श्रम संगठन, आइएलको जापान, सिइसिआई लगायतका निकायको सहकार्यमा मेला आयोजना हुनलागेको हो । मेलालाई करिब एक लाखले अवलोकन गर्ने र पाँच करोड रुपैयाँको व्यापार हुने आयोजकहरुको अपेक्षा छ । मेलामा सार्क मुलुक सहित युरोपेली मुलुकका करिव ५० आयातकर्ता आउने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: