विद्यार्थीलाई स्कुलमै आयोडिन शिक्षा


प्रकाशित मिति :2017-02-13 12:31:38

शिवराज खत्री

 

अछाम।  ‘विद्यार्थी भाई बहिनीहरु तपाईहरुलाई आयोडिन भनेको के हो थाहा छ ?’ हातमा माईक्रोफोन समातेर स्कुलको अगाडि उभिएका एक पुरुषले भने । उनको अगाडि कक्षा १ देखि १० सम्म अध्ययन गर्ने करिब चार सय विद्यार्थी बसेका छन्, तर कसैको मुखबाट आवाज आएन । सबै एक अर्कासँग मुखामुख गर्न थाले ।

‘… आयोडिन भनेको एक प्रकारको सुक्ष्म पोषक तत्व हो, यो नुनमा मात्र पाईन्छ, सबैले बुझिराख्नु होला है त ।’ सबै विद्यार्थीले एकै स्वरमा आवाज निकाले ‘हुन्छ सर’ । यसपछि ती व्यक्तिले आयोडिनको बारेमा विस्तृतमा बताउन थाले ।

यो दृश्य हो, अछामको ढकारीस्थित गुरुकुल माविको । विद्यार्थीलाई आयोडिन बारे जानकारी दिन उभिएका मानिस हुन्, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सेती अञ्चल कार्यालय धनगढीका सहायक महाप्रवन्धक केशवप्रसाद पाण्डे ।

सरकारले आयोडिन मिसाएर बजारमा पठाएको नुन हामी खाने गर्छौं । साल्ट ट्रेडिङले उत्पादन गरेका दुई बालबालिकाको चिन्ह अंकित धुलो नुनको प्याकेट आयोडिनयुक्त नुन हो । महाप्रबन्धक पाण्डेले विद्यार्थीलाई यस्तो नुन मात्र प्रयोग गर्न सल्लाह दिनुभयो ।

उहाँले आयोडिनको कमिले गलगाँड हुने, मानसिक तथा बौद्धिक क्षमतामा कमी आउने, लाटो–लठेब्रोपन हुने, बालबालिकाको मृत्यु समेत हुने भएकाले आयोडिनयुक्त नुन खानु अति नै आवश्यक रहेको जानकारी दिनुभयो ।

आमाले आयोडिन नखाएमा पेटमा रहेको गर्भ तुहिन पनि सक्ने तथा बालबालिकाको दिमागको ८० प्रतिशत विकास दुई वर्षभित्र भइसक्ने भएकाले गर्भवती आमा र बालबालिकाको लागि आयोडिन नभई नहुने तत्व भएको उहाँले बताउनुभयो ।

साल्ट ट्रेडिङले अछाममा सरकारी अनुदानको आयोडिनयुक्त नुन प्रति किलोग्राम नौ रुपैयाँमा उपव्ध गराउँदै आएको र यसअघि जिल्ला सदरमुकाममा मात्र सीमित अनुदानको नुन अबदेखि ढकारीमै पठाउन लागिएकोले सोहि नुन प्रयोग गर्न उहाँले सुझाउनुभयो ।

साल्ट ट्रेडिङले इलाका नम्बर १२ का विभिन्न पाँच गाविसका नागरिकलाई सरकारी अनुदानको आयोडिनयुक्त नुनमा सहज पहुँच पु¥याउने उद्देश्यले ढकारीमा नुन बिक्रि केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि विद्यार्थीमार्फत जानकारी दिँदा बढी प्रभावकारी हुने देखेर विद्यार्थीलाई आयोडिन शिक्षा दिएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

‘सरकारले अंग्रेजी वर्षको फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने नीति अनुरुप यहाँका विद्यार्थीलाई आयोडिन बारे शिक्षा प्रदान गरिएको हो,’ उहाँले बताउनुभयो । सो अवसरमा कक्षा ७ मा अध्ययनरत दुई छात्रले हास्यव्यंग्य मार्फत आयोडिन नुनको प्रयोगबाट हुने फाईदाका बारेमा नाटक समेत प्रस्तुत गरेका थिए ।

चेतनाको अभाव र न्यून आयस्तरका कारण जिल्लाका अधिकांश मानिसले ढिके नुन नै प्रयोग गरिरहेको बताउँदै गुरुकुल माविका प्रधानाध्यापक धनीराम भण्डारीले सरकारी अनुदानको नुनले स्थानीयलाई राहत हुने बताउनुभयो ।

महाप्रबन्धक पाण्डेले पाण्डुसेनस्थित सत्य मावि र नेपाल राष्ट्रिय मावि जडंगाका विद्यार्थीलाई पनि आयोडिनबारे जानकारी दिँदै शिक्षकले पढाएको २०–३० प्रतिशत सम्म कुरा विद्यार्थीले बिर्सिने गरेकोले त्यो समस्या आयोडिनको कमीका कारणले हुने गरेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: