बुहारीहरु सम्मानित


प्रकाशित मिति :2017-02-13 14:09:13

सर्मिला बुढाथोकी

सम्मान कार्यक्रम र सहभागी महिलाहरु

दोलखा । जिल्लाको भिमेश्वर नगरपालिकास्थित जिलुका ६ बुहारीहरुलाई सासु ससुराप्रति असल व्यवहार गरेको भन्दै सम्मान गरिएको छ ।
सामुदायिक सिकाई केन्द्र जिलुको आयोजनामा भएको एक कार्यक्रममा आफ्ना सासु ससुराप्रति असल व्यवहार गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने बुहारीहरुमा कमला चौलागाईं, सरिता चौलागार्इं, पार्वती श्रेष्ठ, चिनी श्रेष्ठ, जिस्नुमाया चौलागाईं र नाम नखुलेकी एकजना छन् ।

केन्द्रका अध्यक्ष केशव चौलागाईंले सासु ससुरालाई वृद्धाश्रममा राख्ने, उचित हेरचाह नगर्ने लगायतका समस्याल पारिवारिक विखन्डन भइरहेको बताउनुभयो । ‘परिवार मिलाउने बुहारीलाई सम्मान गरिएको हो, यसले देशमै नयाँ सन्देश प्रवाह गर्ने छ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी, विवाहपछि घरको कामसँगै आफ्नो पढाईलाई निरन्तरता दिँदै स्नातक गरेका अन्य २८ जना छोरी बुहारीलाई पनि सम्मान गरिएको छ । छोरी तथा बुहारीले शिक्षालाई निरन्तरता दिउन् र सभ्य समाज निर्माणमा टेवा पु¥याउन् भन्ने कार्यक्रमको उदेश्य रहेको अध्यक्ष चौलागाईले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: