छाउपडी प्रथालाई प्रश्रय दिनु कानुन विपरीत : अध्यक्ष शर्मा


प्रकाशित मिति :2017-02-13 15:18:54

महिला खबर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले छाउपडी प्रथालाई धर्म र सस्कृतिसँग जोडेर जोगाइराख्नु कानुन विपरीत भएको बताउनुभएको छ ।

जुरी नेपालले आइतबार आयोजना गरेको फैसला कार्यान्वय सम्बन्धी एक कार्यशालामा बोल्दै शर्माले राज्यले छाउपडी प्रथालाई अपराधका रुपमा स्वीकार गरेपनि यसलाई प्रश्रय दिने कसैलाई पनि कारवाही नभएको बताउनुभयो । ‘कानुनले छाउपडी प्रथालाई अपराध मानेको छ, तर यसलाई प्रश्रय गर्नेलाई कारवाही गरेको थाहा छैन,’ अध्यक्ष शर्माले भन्नुभयो ।

उहाँले छाउपडी उन्मूलन गर्ने सर्वोच्च अदालतले दिएको आदेश १२ वर्ष पुग्दासम्म कार्यान्वय नहुनु दुःखद भएको भन्दै छाउपडी प्रथालाई प्रश्रय दिनेलाई कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले छाउपडी प्रथालाई उन्मूलन गर्न दिएको आदेश १२ वर्षसम्म पनि कार्यान्वय भएको छैन्, यस्तो प्रथालाई प्रश्रय दिनेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’

यसैगरि जुरी नेपालका अध्यक्ष राजु चापागाईले छाउपडी सम्बन्धी धेरै काम भएको तर समस्या जहाँको तहिँ हुनु मूल प्रश्न बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अदालतको फैसलाले निदेशन गरे अनुसारको परिर्वतन होस् भन्ने हाम्रो उदेश्य हो ।’

कार्यक्रममा बोल्दै अधिवक्ता टेक ताम्राकारले छाउपडी विरुद्ध सर्वोच्चको फैसलापछि नागरिक समाजमा व्यापक चर्चा र दबाब ल्याउन नसकेको बताउनुभयो । उहाँले अहिलेसम्म ८ जनाको यही कारण मृत्यु भएको र तीमध्ये एक किशोरीको दुई हप्ता अघि मात्र मृत्यु भएको बताउँदै छाउपडी प्रथा मानव अधिकार विरुद्ध भएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: