प्रहरी हो भन्दैमा उन्मुक्ति पाइँदैन : उपरीक्षक रिमाल


प्रकाशित मिति :2017-02-14 11:41:44

महिला खबर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक भावेष रिमालले अपराध गरेपछि प्रहरी नै भएपनि उन्मुक्ति नपाउने बताउनुभएको छ ।

गत माघ २३ मा भेरीमालिका नगरपालिका बोहराकी २४ वर्षिया राधिका सुनारको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयकै मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार कमल विकलाई पक्राउ गरेर मुद्धा चलाइरहेको उपरीक्षक रिमालले जानकारी दिनुभयो ।

‘अपराध गरेपछि प्रहरीले पनि उन्मुक्ति पाउँदैन, उ अपराधी हो, अपराध गरेपछि कानुनी कारवाही हुनुपर्छ,’ उहाँले भन्नुभयो । अनसन्धानको क्रममा राधिका र कमलको बिच प्रेम सम्बन्ध रहँदै आएको र राधिकाले कमलसँगै बस्ने जिद्दि गरेपछि कमलले राधिकाको हत्या गरेको भेटिएको उपरीक्षक रिमालले बताउनुभयो । उहाँले अपराधीलाई आफूहरुले भेटिसकेको र छानबिन गरिरहेकाले दोषी प्रमाणित भएपछि कारबाही गरिने बताउनुभयो ।

हत्याको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका राधिकाका श्रीमानलाई भने प्रहरीले नेपाली सेनाको समन्वयमा नियन्त्रणमा नै राखेको छ । राधिकाका श्रीमान् नेपाली सेनाको सुर्खेतस्थित नरसिंह दल गणमा सिपाही पदमा कार्यरत छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: