बलात्कार आरोपमा बाबु पक्राउ


प्रकाशित मिति :2017-02-14 11:59:57

यमुना खनाल

सिरहा । आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारले छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षिय बाबुलाई घरैबाट पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका बाबुमाथि अदालतबाट हिजो म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । पीडित १५ वर्षिया किशोरीको स्वास्थ्य परिक्षण लहानमा सम्भव नभएपछि जिल्ला अस्पताल सिरहा पुर्याइएको थियो । अहिले उनको स्वास्थ्य खतरामुक्त रहेको छ । बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आईनसकेको प्रहरीले बताएको छ ।

आइतबार राति घरमै सुतीरहेको समयमा किशोरी बलात्कृत भएकी थिइन् । उनले आफुलाई डर धाक देखाएर बाबुले पटक पटक बलात्कार गरेको बताएकी छिन् । घटनापछि आफन्त र छरछिमेकीले दिएको सूचनाका आधारमा प्रहरीले पीडितका बाबुलाई पक्राउ गरेको थियो ।

यसैगरि, जिल्ला प्रहरी कार्यालय भोजपुरले एक १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा भोजपुर नगरपालिकाका ४५ र २५ वर्षका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

घरमै सुतिरहेको समयमा ती दुवैले बालिकालाई जर्बजस्ती गरेको भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: