महिला कामदार उद्धार गर्न कल्याणकारी कोष


प्रकाशित मिति :2017-02-14 12:05:00

सुदिप निउरे

क्वालालम्पुर । महिला कामदार उद्धार गर्ने मुख्य उदेश्य सहित मलेसियामा कल्याणकारी कोषको स्थापना गरिएको छ । गैह्र आवासीय नेपाली संघ मलेसियाले यसलाई सञ्चालनमा ल्याएको हो ।

मलेसियामा दुःख पाएका, अलपत्र परेका महिलाको उद्धारलाई कोष पहिलो प्राथमिकतामा राखिएको संघका अध्यक्ष विश्वदिप राईले जानकारी दिनुभयो । मलेसियामा यत्तिनै संख्यामा नेपाली महिला कामदार छन् भन्ने आधिकारिक तथ्याँक नभएपनि उनीहरुको उपस्थिती भने बाक्लो देखिन्छ । सञ्चालनमा ल्याईएको कोषमा अहिलेसम्म झण्डै १० लाख रुपैयाँ संकलन भैसकेको छ ।

यस्तै कोष सञ्चलनको दोस्रो प्राथमिकतामा मानसिक रोगीहरुलाई सहयोग गरिने जनाईएको छ । यसबाहेक कोषले समस्यामा परेका अन्य नेपाली कामदारका लागि पनि काम गर्नेछ । संघका पुर्व अध्यक्ष शंकर बहादुर पौडेलको संयोजकत्वमा कोष सञ्चालनमा ल्याईएको हो ।

मलेसिया तथा अन्य मुलुकमा रहेका नेपालीबाट आर्थीक संकलन गरि कोषा सञ्चालनमा ल्याइएको संयोजक पौडेलले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: