उर्मिलाको यातना दिएर हत्याः परिवार


प्रकाशित मिति :2017-02-14 14:31:54

ज्ञानु पंगेनी

नवलपरासी । दुम्किवास गाविस सुनटाडीकी उर्मिला सुनारको परिवारले यातना दिएर हत्या गरेको भन्दै निष्पक्ष छानविन गर्न माइती पक्षले माग गरेका छन् । ३९ वर्षकी उर्मिला शनिबार आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

सोमवार ईलाका प्रहरी कार्यालयमा उर्मिलाका माइती पक्षले उर्मिलाका श्रीमान् नर वहादुर सुनार विरुद्ध जाहेरी दिएका छन् । घर पक्षले उर्मिलाले विष सेवन गरी आत्महत्या गरेको बताउँदै आएका छन् ।

उर्मिलाका दाजु राजकुमार विश्वकर्माले बहिनीले पटक पटक श्रीमानले यातना दिने, कुटपिट गर्ने, छोडपत्र र मार्नेसम्मको धम्की दिने गरेको बताएको भन्नुभयो । छोराछोरीको  मुख हेरेर बहिनी श्रीमानको घरमा बसिरहेको भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । ‘हामिलाई खबर पनि नगरी दाहासंस्कार गरिएको छ, बहिनीको फोटोमा हेर्दा जतासुकै निलडाम देखिन्छ । निष्पक्ष छानविन नभएसम्म हामी चुप लागेर बस्दैनौ,’ उहाँले भन्नुभयो ।

यसैगरि, उर्मिलाकी दिदी भगवती सुनारले बहिनीले आत्महत्या गरेको नभई हत्या भएकोले दोषिलाई कारवाही हुनुपर्ने बताउनुभयो । बहिनीको घाँटीमा पनि डाम, कान पछाडी पनि काटेको डाम रहेको उनको भनाई छ । ‘विष सेवन गरेको भए बहिनीको शरीरभरि डाम कहाँबाट आयो ? यो हत्या नै हो,’ उहाँले भन्नुभयो ।

उर्मिलाको १७ वर्ष अघि नर वहादुरसँग विवाह भएको थियो ।

यता, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक प्रकाश सिंखडाले  घटनाको वारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । घटनाको अनुसन्धानमा खटिनुभएका सिंखडाले विष सेवनका कारण मृत्यु भएको प्रारम्भिक  रिपोर्ट आएको र थप अनुसन्धानका लागि काठमाण्डांै पठाईएकाले पोष्टमार्टम रिपोर्ट आउन एक डेढ महिना लाग्ने जानकारी दिनुभयो । माईती पक्षले जाहेरी दिएकाले घटनाका बारेमा घरपरिवारसँग सोधपुछ गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: