एमाले संविधान संशोधनमा आउँछः पम्फा भुसाल


प्रकाशित मिति :2017-02-14 14:47:33

महिला खबर
भक्तपुर । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संविधान संशोधनको प्रक्रियामा सहभागी हुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले एमाले मुलुकको जिम्मेवार पार्टी भएको र संविधान निर्माणमा उसको महत्वपूर्ण भूमिका भएकोले एमाले संविधान संशोधनमा सहभागी हुने बताउनुभयो ।

एमालेले प्रधानमन्त्री पाउनको निम्ति मात्रै संविधान नलेखेको र पछिल्लो समय संविधान कार्यान्वयनको लागि संविधान संशोधनमा सहभागी हुनका लागि सकारात्मक भएको उहाँको भनाइ छ ।

एमालेले मधेशवादी दलसँगको छलफलमा समेत लचकता अपनाएको र बिस्तारै संविधान संशोधनमा सहभागी हुने संकेत दिएको भन्दै उहाँले सरकारले तोकेको समयमा निर्वाचन हुने बताउनुभयो ।

उहाँले सरकारले निर्णय गरेर निर्वाचन आयोगलाई पत्र पठाइसकेकाले स्थानीय तहको निर्वाचन जेठभित्र भइसक्ने बताउनुभयो । स्थानीय तहको पुनर्संरचनाको विषय टुंगिने बित्तिकै सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र जेठमा निर्वाचन हुने उहाँको भनाइ छ । प्रवक्ता भुसालले स्थानीय तहको निर्वाचन कसैले चाहेर रोक्न नसक्ने र अन्य तहको निर्वाचन कात्तिकमा गर्ने गरी सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गर्ने र निर्वाचन नगरी सरकार परिवर्तन नहुने उहाँको दावी छ । उहाँले तीन तहको निर्वाचन नभएसम्म सरकारको गठबन्धन नटुंगिने बताउनुभयो । एउटै पार्टीको सरकार बन्ने सम्भावना नभएको हुँदा वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गरिसक्ने उहाँको भनाइ छ ।

उहाँले प्रहरी प्रमुख चयन गर्ने अधिकार राष्ट्रको कार्यकारी प्रमुखको भएको बताउँदै यो न्यायपालिका वा अरु कुनै निकायको अधिकार क्षेत्र नभएको बताउनुभयो । उहाँले वर्तमान गठबन्धनले चयन गरेको आइजीपीको निर्णय नियम संगत भएको समेत बताउनुभयो । कार्यकारी सरकारले गर्ने निर्णयलाई कसैले हस्तक्षेप गर्न नसक्ने उहाँको जिकिर छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: