उद्यमी महिलालाई अघि बढ्न धेरै चुनौतीः उपराष्ट्रपति पुन


प्रकाशित मिति :2017-02-14 17:48:59

महिला खबर

 

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार व्यवसायमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेको बताउनुभएको छ । अजदेखि सुरु दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले महिला उद्यमीका सवाल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था गरेको बताउँदै महिला सहभागिता बिना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको सो कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनी लाभदायक हुने बताउँदै प्रदर्शनीबाट प्रविधि, ज्ञान र लगानीसमेत आदानप्रदान हुने बताउनुभयो ।

यसैगरि महासङ्घका प्रथम उपाध्यक्ष शारदा रिजाल, द्वितीय उपाध्यक्ष रीता सिंहलगायतले प्रदर्शनीका बारेमा जानकारी गराउँदै सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्नसके मुलुकभित्रै रोजगारीका अवसर सिर्जना हुने उल्लेख गर्नुभयो । सो अवसरमा महिला उद्यमीद्वय इन्दिरा सापकोटा र बिना पौडेललाई सम्मान गरिएको थियो ।

मेलामा नेपाल सहित भारत, अफगानिस्तान, बंगलादेश, फिलिपिन्स र दक्षिण कोरियाका महिला उद्यमीका उत्पादन राखिनेछ । महासंघका अनुसार मेलामा हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीको बजार प्रर्वद्धन र प्रचारप्रसार हुनेछ ।

यसैगरि अर्गानिक उत्पादन, बिजुलीका सामान, खानेकुराका परिकार, गरगहना, सजावटका सामान लगायत प्रर्दशन तथा बिक्री गरिने छ ।
मेला व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, अन्र्तराष्ट्रिय श्रम संगठन, आइएलको जापान, सिइसिआई लगायतका निकायको सहकार्यमा मेला आयोजना हुनलागेको हो । मेलालाई करिब एक लाखले अवलोकन गर्ने र पाँच करोड रुपैयाँको व्यापार हुने आयोजकहरुको अपेक्षा छ । मेलामा सार्क मुलुक सहित युरोपेली मुलुकका करिव ५० आयातकर्ता आउने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: