मनाइयो उर्लदाें सय करोड अभियान


प्रकाशित मिति :2017-02-14 18:16:27

महिला खबर

ललितपुर । प्रणय दिवसको अवसरमा पुल्चोकस्थित भाटभटेनीमा आज उर्लदो सय करोड अभियान मनाईएको छ । प्रत्येक वर्ष १४ फेब्रअरीको दिन विश्वभरी नै उर्लदों सय करोड (वान बिलियन राइजिङ) अभियान मनाइने गरिएको छ ।

नेपालस्थित गभर्नेस फेसिलिटिको कार्यालयले आयोजना गरेको सो कार्यक्रममा कानूनका विद्यार्थी, महिला अधिकारकर्मी, समाजसेवी, पत्रकार लगायत सयभन्दा बढी महिला र पुरुषको सहभागिता थियो । कार्यक्रममा सहभागीहरुले नाटक र नृत्य मार्फत महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने सन्देश दिएका थिए ।

आयोजकहरुका अनुसार यो अभियान हिंसा प्रभावित व्यक्ति, तिनका परिवार र साथीहरुलाई हिंसा विरुद्ध मौनता तोड्न तथा उनीहरुका व्यथालाई कला, संगीत तथा नृत्य मार्फत व्यक्त गर्नका लागि गरिएको आव्हान हो ।

महिलामाथि हुने सबैखालका हिंसा अन्त्य गर्ने उद्देश्यले सन् २०१३ देखि यो अभियान मनाउन थालिएको हो । अभियान काठमाडौंको कलंकी, महाराजगञ्ज र नक्सालस्थित भाटभटेनीे परिसरमा पनि एकै समयमा आयोजना गरिएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: