बलात्कारपछि बालिकाको हत्या


हत्या आरोपमा एक पक्राउ

प्रकाशित मिति :2017-02-15 12:51:15

पार्वती पाण्डे

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बालिकाको बलात्कारपछि हत्या गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । शिवराज नगरपालिका प्रगतिटोलका शोभाकर अधिकारीकी ६ वर्षिया छोरी सीता अधिकारी सोमबार मृत अवस्थामा फेला परेकी थिइन् ।

छिमेकी १७ वर्षीय भिमबहादुर कुँवरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपनिरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

‘प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या भएको देखिन्छ, हत्यामा छिमेकीको संलग्नता भएको शंकामा अनुसन्धान गरिरहेका छौं,’ उपनिरीक्षक अधिकारीले बताउनुभयो ।

सोमबार बेलुका ७ बजेतिर छिमेकीकोमा खेल्न निस्केकी बालिका ८ बजेसम्म पनि घरमा खाना खान नआएपछि आमाले खोजखबर गरेकी थिइन् । आफन्त, छलछिमेकमा पनि छोरी सीतालाई नभेट्टाएपछि परिवारले प्रहरीमा खबर गरिएको थियो । स्थानीय, वडा प्रहरीको टोली, सशस्त्र प्रहरी टोलीले रातभर खोजीकार्य गरेपनि फेला पार्न सकेनन् ।

तर विहान मात्र बालिका मृत अवस्थामा फेला परेको स्थानीय माधव पाण्डेयले बताए । घरदेखि करिब ५ सय मिटर उत्तर पर्ने जवई खोलामा तैरिरहेको अवस्थामा स्थानीयले बालिकाको शव भेट्टाएका थिए । उनको शव अर्धनग्न अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

मृत अवस्थामा फेला परेकी बालिकाको दाहिने हिपमा चिरिएको गहिरो घाउ देखिएको र उनको लुगा र चप्पल शव भएको स्थानदेखि १० मिटर टाढा मिलाएर राखेको देखिएको स्थानीयले बताएका छन् ।

बालिकाको शवलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्ट मार्टमपछि परिवारको जिम्मा लगाइएको थियो ।

बालिका स्थानीय आवर मदरल्याण्ड एकेडेमीमा एलकेजीमा अध्ययनरत थिइन् । आक्रोशित स्थानीय, विद्यार्थी, शिक्षक लगायत विभिन्न संघसंस्थाले घटनाको सत्यतथ्य र न्यायिक छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै मंगलबार कपिलवस्तुमा विरोध प्रदर्शन गरेका थिए । हत्याको विरोधमा स्थानीय व्यापारी व्यवसायी समेत बजार पसल बन्द गरी विरोधमा उत्रिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: