न्याय माग्दै वृद्ध दम्पती सरकारी कार्यालयमा


प्रकाशित मिति :2017-02-15 15:59:23

अप्रिल अधिकारी

रामेछाप । बाह् छोरा तेह् नाति बुढाको धोक्रो काँधैमाथि भने झैं जिल्लाको मझुवा गाविसका एक वृद्धवृद्धा आफ्नै छोराले अन्याय गरेको भन्दै न्याय माग्दै सदरमुकाम मन्थलीका सरकारी अड्डा धाइरहेका छन् ।

उमेरले ७६ पुग्नुभएकी कृष्णमाया लामा उहाँका ७४ वर्षिय श्रीमान टेकबहादुर लामा  न्याय पाउँ भन्दै आफ्नो कुरा सुनिदिन आग्रह गरिरहनु भएको छ । एउटा आँखा राम्रोसँग नदेख्ने र कान समेत नसुन्ने श्रीमानको अघिपछि लाग्दै कृष्णमायाले गत शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी समक्ष न्यायका लागि अनुरोध समेत गर्नुभयो ।

गाउँमा आफ्नो व्यथा सुनिदिने कोही नभएपछि उहाँहरु मन्थलीस्थित विभिन्न सरकारी निकाय धाउन थाल्नुभएको हो । ‘चार भाई छोरा हुँदा पनि बुढेसकालमा हेर्ने कोही भएनन्,’ उहाँहरुले भन्नुभयो ।

लामा दम्पतीले आफ्नो नाममा रहेको जग्गा ०६० सालमा ४ भाइ छोरा र बुढाबुढीको एक भाग राखेर ५ अंश गरिदिए । शुरुका दिनमा त सबैले माया गरे । गुजारा ठिकै चलिरहेको थियो । पछि, ०६६ मा बुढाबुढीको नाममा रहेको जग्गा समेत दुई छोराले पालनपोषण गर्छु भन्दै आफना नाममा लिए । त्यसपछि विस्तारै यी वृद्धवृद्धालाई सबै छोरा बुहारीले वास्ता गर्न छाडिदिए । अंश पाएका चार छोरा र एक छोरी आ–आफ्नो घर गृहस्थीमा व्यस्त छन्, तर अंश दिने बाबुआमाको खोजखबर कसैलाई छैन ।

लौरो टेक्दै धेरैपटक सदरमुकाम धाएका यी दम्पती लखतरान देखिन्छन् । उनीहरुको एउटै माग छ, आफ्नो नामको जग्गा फिर्ता पाउने ।
जिल्लामा यस्तै पकृतिका केसहरु बेलाबेलामा आउने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । चालू आर्थिक वर्षको ८ महिनामा यस्तै प्रकृतिका ३ वटा घटनाहरु आएको कार्यालयका प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । लामा दम्पतीले प्रहरीलाई पनि सहयोगका लागि गुहारेका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका अध्यक्ष तथा अधिवक्ता शिव कुमार कार्की लामा दम्पतीले न्याय पाउने आश्वासन सबैतिरबाट पाएपनि व्यवहारमा नपाएका बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: