हामी कमजोर कहाँ हो र ?


प्रकाशित मिति :2017-02-15 16:11:46

यमुना खनाल

सिरहा । नेपाल टेलिकम लहानको शाखामा चौथो तहमा कार्यरत कर्मचारी सोनम चौधरी र संगीता यादव बिजुलीको पोलमा चढेर टेलिफोन लाईन मर्मत गर्छन् । उनीहरुले पुरुष सँगसँगै जोखिमपूर्ण काम गरेको हेर्न मानिसहरुको लर्को नै लाग्ने गर्छ । स्थानीयहरु महिला भएर यस्ता हिम्मतवाली हुनुपर्छ भन्दै उनीहरुको प्रशंसा गर्न थाल्छन् ।

महिलाले अवसर पाउने हो भने जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने गतिलो उदाहरण हो यो । महिला कमजोर हुन्छन् वा पुरुषले गर्न सक्ने काम महिलाले गर्न सक्दैनन्, त्यसैले महिला पुरुष समान हुँदैनन् भन्ने गलत सोच नै महिलालाई अगाडि बढ्न नदिने तगारो हो ।

चौधरी र यादव लामो समयदेखि नेपाल टेलिकममा कार्यरत भएपनि केहि समयअघि मात्र प्राविधिक बनेका हुन् । सजिलोको लागि भन्दै सुरुमा उनीहरुलाई काउन्टरमा बिलिङ गर्ने जिम्मेवारी दिईएको थियो । महिला कर्मचारीलाई अर्को जिम्मेवारी दिँदा उनीहरुको सीप र क्षमता विकासमा असर पुग्ने भन्दै उनीहरुलाई प्राविधिक कामको समेत जिम्मेवारी दिएको टेलिकमका एक कर्मचारीले बताउनुभयो ।

महिला प्राविधिकको काम पहिलो पटक देखेको भन्दै स्थानीय हरि नारायण यादवले महिला कमजोर भएर होईन अवसर नपाएर पछि परेका हुन् भन्ने प्रमाण ती महिलाको कामले पुष्टि गरेको बताउनुभयो ।

मधेशी मूलका महिलाहरु सजिलो कामका लागि त घरबाट बाहिर जान अनुमति पाउँदैनन् । ‘पुरुषले पनि हत्तपत्त गर्न नसक्ने काम उनीहरुले गरेका छन्, यो देखेर गर्व लागेको छ,’ स्थानीय आशा शाहले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: