समुदाय प्रहरी ड्रामा क्लिनिक


प्रकाशित मिति :2017-02-15 17:14:06

यमुना खनाल

सिरहा । दलित जनकल्याण युवा क्लब लहानले सिमान्तकृत समुदाय र महिलाको न्यायमा पहुँच बढाउन भन्दै समुदाय प्रहरी ड्रामा क्लिनिक कार्यक्रम सुरु गरेको छ । नेपाल र भारतको सीमा नाकामा जोडिएको जिल्लाको बरियारपट्टि गाविसमा सुरु गरिएको सो कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ ।

क्लबले जारी गरेको प्रेस विज्ञप्तिमा सीमान्तकृत समुदाय र महिलाले आफुले भोगेका समस्यालाई प्रहरी समक्ष भन्न नसक्ने तथा समुदाय र प्रहरी बीचको दुरी बढिरहेको अवस्थामा यस्ता कार्यक्रमले अफ्ना समस्या निर्धक्क भन्न सक्ने वातावरण बनाउन सहज गराउने उल्लेख गरिएको छ । खासगरि प्रहरी र नागरिक बीचको सम्बन्ध सुधार गर्न र विपन्न समुदायका महिलाका कुरा बाहिर ल्याउन कार्यक्रमले सहयोग गर्ने बताइएको छ ।

तीन दिने सो कार्यक्रममा विभिन्न खेल, अन्तरक्रियाका कार्यक्रम र जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीयका जिज्ञासाको सम्बोधन गर्ने बताइएको छ । आयोजकहरुका अनुसार जिल्लाका १५ वटा गाविसका विपन्न समुदायका महिला, अगुवा नागरिक र प्रहरीको संयुक्त टोलीले गाविसमा रहेका मुख्य समस्याको पहिचान गरी ती विषयमा तीनवटा नाटक समेत प्रस्तुत गर्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: