व्यवसायीकरण हुँदै सुधारिएको चुल्हो


प्रकाशित मिति :2017-02-15 17:49:15

महिला खबर

काठमाडौं । सुधारिएको चुल्होलाई व्यवसायको रुपमा लैजान तीन सय महिलालाई तालिम दिइएकोे छ । आज आयोजना गरिएको ‘उर्जाद्धारा महिला सशक्तिकरण र जीवनस्तर उन्नति परियोजना’ नामक एक कार्यक्रममा सुधारिएको चुल्हो निमार्णले आर्थिक लाभ दिने भएकोले यसलाई व्यवसायकै रुपमा लान महिलालाई तालिम दिइएको बताइएको छ ।

सो कार्यक्रममा महिलाको आर्थिक सशक्तिकरणका लागि स्वच्छ तथा वैकल्पिक उर्जामा पहुँच र स्थानीय उत्पादनका लागि महिला उद्यम प्रवद्र्धन नामक परियोजना नेपालका ६ जिल्ला धादिङ, ललितपुर, काभ्रे, सिन्धुली, उदयपुर र खोटाङमा सञ्चालित भइरहेको जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै ग्रामीण प्रविधि केन्द्र नेपालका प्रतिनिधी ज्ञानेन्द्र शर्माले सिन्धुली, उदयपुर तथा खोटाङमा सुधारिएको चुल्होलाई व्यवसायीकरण गर्न तीन सय महिलालाई तालिम दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार तालिम दिएकामध्ये सय भन्दा बढी महिलाले सुधारिएको चुल्हो निर्माणलाई व्यवसायकै रुपमा लगिसकेका छन् ।

उहाँले सुधारिएको चुल्हो अन्र्तगतको एक रकेट चुल्हे बनाएर बेच्दा दुई हजार देखी पाँच हजार सम्म मूल्य पाइने बताउनुभयो । उहाँले माग अनुसार उद्यमी महिलाले चुल्होको निमार्ण गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले शहरका आधुनिक भान्सामा पनि सुधारिएको चुल्हो सहज रुपमा प्रयोग गर्ने सकिने, धुवाँको कम उत्पादन गर्ने, इन्धनको बचत गर्ने भएकोले यसको धेरै फाइदा भएको बताएका थिए ।

कार्यक्रममा परियोजनाकी टिम लीडर डा. इन्दिरा शाक्यले स्वच्छ उर्जाको पहँुचले धेरै महिलालाई फाइदा हुने बताउनुभयो । उहाँले सुधारिएको चुल्होको व्यवसायीकरणले महिला सशक्तिकरण हुने र धुवाँ कम आउने हुँदा स्वास्थ्यमा पनि सुधार हुने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: