स्तनपान गराउने आमाका लागि कार्यक्रम


प्रकाशित मिति :2017-02-16 12:38:13

सर्मिला बुढाथोकी

दोलखा । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र चरिकोटले स्तनपान गराउने आमाहरुको लागि विशेष उपचार सेवा सुरु गरेको छ ।

सुत्केरी महिलाका लागि ६ महिनासम्म बच्चालाई पर्याप्त हुने दुध आओस् भन्ने उदेश्यले विशेष खालको उपचारको व्यवस्था गरिएको केन्द्रका निमित्त प्रमुख विमलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस अन्र्तगत सुत्केरीलाई जडिबुटीहरु उपलब्ध गराउने काम भईरहेको छ । केन्द्रका अनुसार हालसम्म १ सय ५० जना सुत्केरी आमाहरुले यो सेवा लिएका छन् ।

यसैगरी, केन्द्रले जेष्ठ नागरिकका लागि सुरु गरेको स्वास्थ्यवर्धक विशेष उपचार सेवा पनि वृद्धवृद्धाकाबीच लोकप्रिय बन्दै गइरहेको छ । यस अन्र्तगत केन्द्रले जेष्ठ नागरिकलाई ताकत लाग्ने आयुर्वेद औषधिहरु उपलब्ध गराउने र उनीहरुलाई उपचारको लागि आएका अन्य बिरामीमध्ये पहिलो प्राथमिकता दिएर उपचार गर्दै आएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा ४ सय १० जना जेष्ठ नागरिकले यो सेवा लिएको श्रेष्ठले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: