बोक्सीको आरोप लगाउने साला र भिनाजु पक्राउ


प्रकाशित मिति :2017-02-16 14:37:53

महिला खबर

काठमाडौं । बोक्सीको आरोप लगाई दुई महिलालाई कुटपिट गर्ने साला र भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सूर्यपुरा गाविस क्षत्रपुरा बस्ने मालती केवट (५८) र उनकी छोरी आरतीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने छिमेकी विनोद लौध (३५) र उनका साला रामवचन लौध (२६) लाई पक्राउ गरेको हो ।

उनीहरु दुवैले शनिबार राती दुई आमाछोरीलाई अर्धनग्न पारेर कुटपिट गरेका थिए । प्रहरीले पीडितले मुद्धा दर्ता गराएपछि आरोपी दुवैलाई पक्राउ गरिएको बताएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक बेल पाण्डेले आफ्नी श्रीमती बिरामी भएको भन्दै दुई आमाछोरीलाई बोक्सीको आरोप लगाई घरभित्र पसेर कुटपिट गरिएको र कुटपिटमा संलग्न भिनाजु (विनोद) लाई साथ दिने साला (रामवचन) लाई पनि पक्राउ गरिएको बताउनुभयो ।
‘आफ्नी श्रीमती बिरामी भएको कारण देखाउँदै बोक्सी भन्दै कुटपिट गर्ने दुवैजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भन्नुभयो । उहाँले घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयो ।

कानुनमा के छ ?

बोक्सीसम्बन्धी (कसुर र सजायँ) ऐन २०७१ मा भनिएको छ, ‘कसैले कसैलाई बोक्सी आरोपमा यातना दिएको प्रमाणित भएमा १० वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था समेत गरेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडितलाई बसेको स्थानबाट निकाला गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सी आरोप लगाउनेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेछ ।

यसैगरि, कानुन अनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रसायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । पीडितलाई मलमूत्र खुवाउने, चारपाटा मुड्नेलाई १० वर्ष कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजायँ हुनेछ । यसको साथै, प्रहरी अनुसन्धानमा दख्खल दिन खोज्नेलाई ३० हजार जरिवाना र ३ महिना कैद गर्ने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: