सामाजिक सुरक्षा भत्ता बढाउः एकल महिला


प्रकाशित मिति :2017-02-16 16:38:00

यमुना खनाल

सिरहा । सरकारले सामाजिक सुरक्षा भक्ता अन्र्तगत उपलब्ध गराउने रकम कम भएको भन्दै सिरहाका एकल महिलाले त्यसलाई बढाउनुपर्ने माग गरेका छन् ।

एकल महिलालाई सबैभन्दा बढी सामाजिक सुरक्षा आवश्यक भएको भन्दै उनीहरुले जेष्ठ नागरिक सरह भत्ता भए राहत हुने बताएका छन् ।

सरकारले जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई भत्ता बापत एक हजार र औषधी खर्च एक हजार गरी मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउँछ तर एकल महिलाले भत्ता बापत पाँच सय र औषधी खर्च पाँच सय गरी जम्मा एक हजार रुपैयाँ मात्र पाउने गरेका छन् ।

श्रीमान्को मृत्युपछि परिवार र समाजबाट महिलाले अपहेलित भएर बाँच्नुपर्ने बाध्यता भएको, आर्थिक कारणले घरबाट निकालिनुपर्ने, विभिन्न खाले हिंसामा पर्ने गरेको भन्दै सामाजिक सुरक्षा भत्ता बढाउँदा केहि राहत हुने उनीहरुको भनाई छ । ‘हामीले पनि ज्येष्ठ नागरिक सरह सामाजिक सुरक्षा भत्ता पाए राहत हुने थियो,’ लहान नगरपालिकाकी एकल महिला बिल्टोन रामले बताउनुभयो ।

श्रीमान् नभएपछि छोराको नियन्त्रणमा आर्थिक कारोबार गर्नुपर्ने र स–सानो खर्च पनि छोराहरुसँग माग्नुपर्ने बाध्यता भएको लहान नगरपालिकाकी गीता राउतले भन्नुभयो । ‘छोरा बुहारी र परिवारका अन्य सदस्यमाथि परनिर्भर हुँदा एकल महिलालाई परिवारका सदस्यले समेत बोझको रुपमा लिने गर्छन्,’ उहाँले दुःखेसो पोख्नुभयो ।

धेरै एकल महिला परिवारबाटै अपहेलित, घरबाट निकालिएको र सम्पत्ति खोसिएको अवस्थामा बाँच्न बाध्य भएकोले सरकारले उनीहरुलाई सबैभन्दा बढी सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने एकल महिला समुह सिरहाकी अध्यक्ष निर्मला पासवानले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: