कालिकोटकी दन्ता नेपालीले दिइन् स्ववियु सभापतिको उम्मेदवारी


प्रकाशित मिति :2017-02-16 17:50:12

महिला खबर

कालिकोट । जिल्लाको विकट फाइमहादेव गाविसको एक दलित परिवारमा जन्मिएका दन्ता नेपाली (दर्शना) स्वतन्त्र विद्यार्थी युनियनको पद्यकन्या क्याम्पस बागबजारको स्ववियु निर्वाचन सभापतिको उम्मेदवार बन्नुभएको छ । योसँगै कर्णालीको दलित र महिलाबाट स्ववियु सभापतिमा लड्ने दन्ता पहिलो महिला हुनुभएको छ ।

१७ असार ०५९ मा जन्मिएका नेपालीले आफ्नो माध्यमिक शिक्षा गाउँको महादेव माध्यमिक बिद्यालयमा पुरा गर्नुभएको हो । उहाँको उच्च माध्यमिक शिक्षा काठमाडौंको गान्धी आदर्श उच्च माध्यामिक विद्यालयबाट गर्नुभएको थियो भने हाल उहाँ पद्यकन्या क्याम्पसमा बिबिएस (ब्याचलर अफ बिजनेस स्टडीज) चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

नेपालीले सानै उमेरदेखि जातिय विभेद र उँचनिच विरुद लड्ने गरेको स्थानीय बुद्धिजीवि महेन्द्रबहादुर शाहीले बताउनुभयो । ‘जातिय विभेदभित्र हुर्केकी उनी अलि विद्रोही स्वाभावकी छिन्, सानैदेखि मेहनती र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना उनमा पहिलादेखिनै थियो,’ उहाँले भन्नुभयो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीको समाजसेवी स्वाभाव रहेको तर स्ववियु सभापतिमा लड्ने भन्ने कहिल्यै पनि नसोचेको उहाँका बुबा खम्बीलाल नेपालीले बताउनुभयो । ‘छोरी सोझी थिई, काठमाडौंमा पढ्न गएकी हो, नेता बन्ली र स्ववियु चुनावमा लड्ली भन्ने लागेको थिएन,’ उहाँ भन्नुहुन्छ ।

नेपालीलाई अनेरास्ववियु (क्रान्तिकारी) ले सभापतिको उम्मेदवार बनाएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: